नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका एवं तनहूँ जिल्ला क्रिकेट संघ जिल्लाका पदाधिकारीहरुले तनहुँमा क्रिकेट मैदानको अनुगमन गरेका छन् ।
व्यास नगरपालिका वडा नं. ५ पाटनको क्रिकेट मैदानको अनुगमन गरिएकाे हाे । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य एवम् क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतम, गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका अध्यक्ष संजय कान्त सिग्देल र तनहूँ जिल्ला क्रिकेट संघका अध्यक्ष मदन तिमल्सेना सहितकाे टाेलीले मैदानकाे अनुगमन गरेकाे हाे ।
अनुगमन गर्ने क्रममा तनहूँ जिल्ला क्रिकेट संघका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव अमित पन्थ, कोषाध्यक्ष मनोज सुर्वणकार, सदस्य अतिस खड्काकाे पनि उपस्थिति रहेकाे थियाे ।
नेपालमा क्रिकेट खेलकाे भविष्य राम्रो भएको र तनहूँ जिल्लामा पनि क्रिकेटको खेलमैदान बनिरहेकोले यस मैदानलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अनुगमन गरिएको साे अवसरमा सहभागीहरुले बताएका छन् । साथै उक्त मैदान निर्माण सम्पन्न गर्नको लागि केन्द्रीय क्रिकेट संघ र गण्डकी प्रदेश लागि पर्ने आश्वसन पाएकाे तनहूँ जिल्ला क्रिकेट संघका अध्यक्ष तिमल्सेनाले जानकारी दिएका छन् ।
मदन तिमल्सेना हालै सम्पन्न संघकाे निर्वाचनमा नेपाल क्रिकेट संघ तनहूँको अध्यक्षमा सर्वसम्मत चयनभएका थिए। संघको बन्दिपुरमा भएको निर्वाचनमा तिमल्सेनाकाे नेतृत्वमा समिति गठन भएकाे हाे । पछिल्लो समयले क्रिकेटले नेपाललाई विश्वमा चिनाउन धेरै मद्धत गरेकोले तनहूँमा पनि क्रिकेटको राम्रो वातावरण बनाउने र निर्माणाधिन क्रिकेट मैदानहरु पूरा गर्ने लक्ष्यतिर अगाडि बढ्न आफ्नो समितिले भरमग्दुर काम गर्ने निर्वाचित भए लगत्तै अध्यक्ष तिमल्सेनाले बताएका थिए ।