• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“मेरो पोषण साथी” मोबाईल एपको शुभारम्भ

"स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने “मेरो पोषण साथी” मोबाईल एपको शुभारम्भ "

  •     अभियान हाम्रो/ आइतबार, भदौ १०, २०८०  

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने “मेरो पोषण साथी” मोबाईल एपको शुभारम्भ गर्नुभएको छ । यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालीहरुको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यको लागि मेरो साथी मोबाइल एप महत्वपूर्ण भएको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्व हुन्छ । तर आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तिमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।”

    नेपाली प्रयोगकर्ता मैत्री एपले दर्ता गर्दा दिईएको विवरणको आधारमा बच्चाको तौल, खानपान, उमेर लगायतको रेकर्ड राख्दछ र त्यसै अनुसार आवश्यक व्यवहारहरुको बारेमा स्याहारकर्तालाई जानकारी दिनेछ । कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव देव कुमारी गुरागाईले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभाव पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो एपले पोषण व्यवहारका साथसाथै नेपाल सरकारले प्रदान गर्ने आधारभुत स्वास्थ्य सेवाको उपभोग गर्न पनि प्रोत्साहन गर्दछ । त्यसैले समग्र स्वास्थ्य प्रणालीलाई नै सुदृढ तुल्याउन यो एपले सहयोग गर्नेछ ।”

    कार्यक्रममा स्वास्थ्य र पोषणसँग सम्बन्धित डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको पनि शुभारम्भ गरिएको छ । डिजिटल लाइब्रेरीले स्वास्थ्यकर्मी, विद्यार्थी वा यो विषयमा रुची राख्ने सबैको लागि नेपालमा आधारभुत स्वास्थ्य र पोषण सम्बन्धी दस्तावेजहरु एकै स्थानमा सहजरुपमा उपलब्ध गराउने लक्ष्य लिएको छ । यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव संगिता मिश्रले सबै नागरिकलाई एक्ला एक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदान गर्न सजिलो बनाएको धारणा राख्नुभयो ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू जस्तैः गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निर्णय लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउने विश्वास व्यक्त गर्नुभयो ।परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्वपुर्ण र उपयोगी जानकारी पु¥याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताउनु भयो ।

    कार्यक्रममा बोल्दै अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेष गरी पहिलोपटक आमा बन्दै गरेका महिलाहरुलाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकताहरू अनुरूप नै मोबाइल एप र डिजिटल लाइब्रेरी निर्माणमा सहयोग गरिएको हो । यो सहकार्यले नेपालको स्वास्थ्य र पोषणमा युएसएआईडीको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ र नेपाल सरकारका यस्ता प्रयासलाई प्रभावकारी बनाउन युएसएआईडीले सधैं हातेमालो गर्नेछ ।” युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले विकास गरेको “मेरो पोषण साथी” एप प्लेस्टोरबाट डाउनलोग गरी एन्ड्रोइड मोबाइलमा सजिलै प्रयोग गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.