• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला अदालतमा बाल इजलास नहुँदा मुद्दा सम्पादनमा कठिनाई


  •    संवाददाता/ आइतबार, भदौ १०, २०८०  

  • जिल्ला अदालत चितवनमा बाल इजलास नहुँदा बालबालिका सम्बद्ध मुद्दा सम्पादनमा कठिनाई भएको छ । जिल्ला अदालतमा कुल सात ओटा इजलास रहे पनि सामान्य इजलासलाई नै बाल इजलासको रुपमा काम गर्ने गरिएको मुख्य जिल्ला न्यायाधीश रितेन्द्र थापाले बताउनु भयो ।

    गत आर्थिक वर्षमा बालबालिका सम्बद्ध १ सय थान मुद्दा अदालतमा थियो । जसमा ७२ ओटा फैसला भएको र २८ ओटा बाँकी रहेको तथा फैसलापछि १ जना बालक बालसुधार गृहमा रहेको जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    बाल इजलास सञ्चालनका लागि भिन्न कक्ष हुनुपर्ने भनी उल्लेख भए पनि भवन संरचना अभावका कारण काम हुन नसकेको उहाँको भनाइ छ । बालबालिका संलग्न भएका मुद्दाहरू संवेदनशील हुने र बन्द इजलासमा हुनुपर्ने कानुनी व्यवस्था छ । बन्द इजलास भनी ढोकामा सूचना टाँस गरिने गरिएको तर, स्थान चाहीँ अन्य इजलासकै प्रयोग हुने गरिएको श्रेष्तेदार आचार्यले बताउनु भयो ।

    बालबालिका संलग्न यौन दुर्व्यवहार, बलात्कार, अपहरणजस्ता मुद्दा बन्द इजलासमा हेर्ने व्यवस्था छ । गत आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेको समेत गरी कुल ५ हजार ६ सय मुद्दा अदालतमा दर्ता भएको थियो । चालु आर्थिक वर्षका लागि ५ हजार ८ सय २६ थान अनुमान गरिएको छ । गत वर्ष नयाँ मुद्दा दर्ता अनुमान ३ हजार ४ सय ३५ थियो तर, ४ हजार ३५ थान मुद्दा दर्ता भएको र अनुमान गरेको भन्दा ६ सय मुद्दा बढी दर्ता भएको श्रेष्तेदार आचार्यले बताउनु भयो ।

    श्रेष्तेदार आचार्यका अनुसार गत आर्थिक वर्षमा जिल्ला अदालत चितवनबाट ३ हजार ६ सय ९३ थान (६४.५१ प्रतिशत) मुद्दा फैसला भएका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.