अभिनेता सानु ताम्राकारको (आज) शनिबार निधन भएको छ । शनिबार दिउँसो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए हुन् ।
ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको अध्यक्ष निरौलाले जनाए । गत असार २१ गते छोराको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए । उनी पछिल्लो समय मिर्गौलाको उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।