• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम भएको दावी,पु्ष्पकमल दाहाल प्रचण्ड

"'मलाई अब राम्रो बाहेक अन्य गर्नु छैन। जीवनको उत्तरार्द्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झिनेलायक काम गर्ने विचार छ,'उनले भने,' अब ढुक्कसँग मर्ने मात्रै रहर छ ।' "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०८, २०८०  

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि  सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम भएको दावी गरेका छन्।’मलाई अब राम्रो बाहेक अन्य गर्नु छैन। जीवनको उत्तरार्द्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झिनेलायक काम गर्ने विचार छ,’उनले भने,’ अब ढुक्कसँग मर्ने मात्रै रहर छ ।’ प्रधानमन्त्री दाहालले नागरिकता विधेयक,मिटरब्याज पीडित, विद्युत व्यापार ,नक्कली भुटानी शरणार्थी प्रकरण,सुन तस्करी,ललिता निवास प्रकरण, सीमानाका लगायत विभिन्न जनसरोकारका विषयमा उल्लेखनीय काम भएको बताए। शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यिनै विषय नै सरकारको मुख्य एजेण्डा रहेको बताए।

    उनले भने,’सरकारले गरेका कामबारे भन्न मानिसहरू किन डराउँछन् ? म त बुझ्दिनँ। प्रचण्डको हाइट बढ्छ कि भनेर डराउने गरेको हो ?’ गठबन्धनको नेतृत्वमा देशमा केही राम्रो हुने संभावना रहेको जिकिर गरे।  राम्रो कामको थालनी भएकाले एकथरी मानिस आतंकित भएको उनको भनाइ  छ। उनले  प्रचण्ड नेतृत्वको सरकार ढाल्न गेम भइरहेको भन्दै यसमा आफू नडराउने बताए। उनले राम्रो काम गर्दा पनि आफूले जस नपाउने गरेको बताए। समृद्धिका निम्ति केही ठोस काम सुरू गरिए पनि सरकारले गरेका कामबारे भन्न मानिसहरू डराउने गरेको गुनासो गरे। माओवादीको अथवा प्रचण्डको हाइट बढ्छ कि भनेर डराउने गरेको हो कि भन्दै‌ प्रश्न समेत गरे।

    प्रधानमन्त्री दाहालले आफू गम्भीर भएर नै तस्करीको सुन बरामद गर्न सफल भएको दावी गरे।  उनले जनताको पक्षमा राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि जनताकै हितमा लाग्ने जिकिर गरे।
    प्रधानमन्त्री दाहालले  मोर्चालाई  अगाडि लैजान सबैको सहयोग आवश्यक रहेको बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.