• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खोलामा पुल नहुँदा स्थानीयबासीलाई सास्ती

"छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढाले विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै तर्नुपर्नु बाध्यता "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०८, २०८०  

  • छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढाले विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै तर्नुपर्नु बाध्यता रहेकाे बताउनुभयाे ।

    सोही नगरपालिका–१ श्रीनगर गाउँमा रहेको मीन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत छात्रा सपना मल्ल र महाकाली नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र मुस्कान मल्लले आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोलामा पुलनहँदा काठका दुई लाप्का भएर खोला तर्नुपर्ने भएकाले सधैं विद्यालय जाँदा र घर फर्कंदा ज्यान जाखिम मोलेर तर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । मुगुम कार्मारोङ्ग गाउँपालिका–१ डोल्फु गाउँका छिरिङ आग्मु लामाले उक्त खोला तर्दा काठका लाप्का हल्लिएर रिँगटा लाग्दा खोला किनारमा खसेको बताउनु भयो । सदरमुकामबाट यार्सा पाटन जाँदा चाहिने औषधि, लत्ताकपडा र खानेकुरा किनेर घर जाँदै थिएँ खोलामा खस्दा बाढीले बगाए पनि आफु बाँचेको सुनाउनु भयो ।

    जिल्ला सदरमुकाम जाँदा र फर्किंदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका–१९ गाउँका बासिन्दाले सधैँ सास्ती भोग्दै आएका छन् । मीन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आकाशमा कालो बादल आउनासाथ बिदा मागेर घर जान हतार गर्ने गरेको शिक्षक शिवलक्ष्मी मल्लले बताउनु भयो । बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नुभन्दा पहिल्यै खोला तरिसक्नु पर्ने भन्दै पढाई बिचमै छाडेर विद्यार्थी घर जान हतार गर्ने गरेको शिक्षक मल्लले बताउनुभयो । पुल नहुँदा त्यहि खोला तरेर आउने विद्यार्थीको पढाइमा समेत असर गरेको शिक्षक मल्लको भनाइ छ ।

    खोलामा पुल नहुँदा र खोला ठूलो भएकाले गाडीले खोला तर्न नसक्दा बिरामीलाई बोकेर जिल्ला अस्पताल तथा सदरमुकामसम्म पनि ल्याउन कठिन हुने गरेको छ । खोलामा पुल भइदिएको भए सडकमा सवारी साधन नियमित हुन्थे, बिरामीलाई समयमै जिल्ला अस्पताल र हवाई मार्ग भएर सुविधा सम्पन्न अस्पतालमा लैजान सहज हुने थियो, अहिले पुल नभएकै कारण यो सडकमा यातायातका साधन चलेका छैनन्, मानिसहरुलाई आवतजावतमा समस्या भएको लुम्स गाउँका स्थानीयबासी कम्बर ऐडीले गुनासो गर्नु भयो। विगतका वर्षहरुमा गमगाढ खोलामा पानीको बहाव बढेमा र बाढी आएमा मानिसहरु चाट्या बगर र हाडढुङ्गा भन्ने स्थानमा रहेका झोलुङ्गे पुलको वैकल्पिक बाटो भएर खोला तर्ने गदर्थे । ०७९ असोज १७ देखि २३ गतेसम्म परेको पानीले गमगाढ खोलामा बाढी आएर ती दुवै पुल बगाएपछि मानिसहरुलाई खोला तर्ने अन्य कुनै विकल्प नहुँदा बाध्य भएर जति समस्या आए पनि खोला तर्नुपर्ने भएको हो ।

    यो खोलामा छायाँनाथ रारा नगरपालिकाले प्रत्येक बर्खामा काठको साँघु हाल्दै आए पनि बाढीले सधैँ साँघु बगाउँदै लग्ने गरेको नगर उपप्रमुख ऐश्वर्य मल्लले बताउनुभयो ।  यस वर्ष पनि नगरपालिकाले काठको साँघु बनाउन ४ लाख रुपियाँ छुट्याएर काम सुरु गरिसकेको उपप्रमुख मल्लले जानकारी गराउनुभयो । नगरपालिकाको त्यो ठाउँमा स्थायी झोलुङ्गे पुल राख्ने योजना थियो, तर यही खोलामा सडक डिभिजन कार्यालय जुम्लाले गाडी गुड्ने स्थायी पुलको ठेक्का खोलिसकेकोले दोहोरो खर्च नहोस् भनेर पुल नबनाएको उपप्रमुख मल्लको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.