• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चिस्यानगृहको काम सम्पन्न नहुँदा कृषकहरु समस्या

"साँफेबगरमा निर्माधिन चिस्यानगृहको काम डेढ वर्षमा सम्पन्न हुनु पर्नेमा पाँच वर्ष भइसक्दा समेत सम्पन्न हुन नसकेपछि त्यस क्षेत्रका कृषकहरुले समस्या झेल्नु परेको छ । "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०८, २०८०  

  • साँफेबगरमा निर्माधिन चिस्यानगृहको काम डेढ वर्षमा सम्पन्न हुनु पर्नेमा पाँच वर्ष भइसक्दा समेत सम्पन्न हुन नसकेपछि त्यस क्षेत्रका कृषकहरुले समस्या झेल्नु परेको छ ।

    चिस्यानगृहको काम अलपत्र परेपछि किसान तथा किसान समूहले उत्पादन गरेका तरकारी, बीउ, फलफूललगायतका कृषिजन्यबस्तुहरु भण्डारण गर्न नपाउँदा आफूहरुलाई समस्या भएको स्थानीय कृषक पुष्पराज सुवेदीले गुनासो गर्नु भयो । मौसम अनुसार उत्पादन गरेका कृषिजन्य बस्तुलाई वेमौसमी समयमा विक्रीवितरण गर्न र बजारमा विक्री हुन नसकेका तरकारी तथा फलफूलहरुलाई भण्डारण गर्ने चिस्यानगृहको अभावमा तरकारी तथा फलफूलहरु कुहिएर नष्ट हुने गरेको उहाँले बताउनु भयो ।

    राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष तथा स्थानीय कृषक रेवन्ति बोहराले किसानले उत्पादन गरेका कृषिजन्यबस्तुहरुको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप सितभण्डार केन्द्र निर्माण कार्य सुरु भए पनि सम्पन्न नभएपछि आफूहरुले उत्पादन गरेको तरकारी तथा फलफूल कुहिँएर जाने गरेको बताउनु भयो । चिस्यान केन्द्र समयमै सञ्चालनमा नआउँदा यहाँका उपभोक्ताहरुले अन्य जिल्लाबाट आयात गरिएको तरकारी तथा फलफूल चर्को मुल्यमा किन्नु पर्ने र किसानहरुले उत्पादन गरेको तरकारी सस्तो मुल्यमा बेच्नु पर्ने बाध्यता रहको स्थानीय किसान बोहराले बताउनु भयो । ‘तीन महिना अघि प्रति किलो १५ / २० रुपियाँमा विक्री भएको टमाटर अहिले प्रति किलोे २ सयदेखि २ सय ५० रुपियाँसम्ममा स्थानीयहरु किन्न बाध्य  भएका छन् । चिस्यानगृहमा स्टक भएको भए अहिले उपभोक्ताहरुले सस्तो मूल्यमा खरिद गर्न सक्ने अवस्था हुन्थ्यो,’ उहाँले भन्नु भयो ।

    ३ करोड ४९ लाख लागतमा १० टन भण्डार क्षमताको चिस्यान केन्द्र निर्माण कार्यको जिम्मा २०७५ चैत १३ गते केशव शाह / स्वाँर जे.भी. धनगढी कैलालीले पाएको भए पनि सम्झौतामा विद्युत उपकरण ट्रान्सफर्मर खरिद गर्ने सम्बन्धमा कुनै उल्लेख नभएकाले शितभण्डार सञ्चालनमा कठिनाई भएको र निर्माणाधिन चिस्यानगृह साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको नयाँ शहर आयोजना साँफेबगरले जनाएको छ । साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर चाँडै विद्युत उपकरण ट्रान्सफर्मर जडान गरिने बताउनु भयो । नगर क्षेत्रका कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूल भण्डारणमा सहजता ल्याउने उद्धेश्यले नगरपालिकाको स्वामित्वमा रहने गरी चिस्यानगृह सञ्चालनमा ल्याइने उहाँले बताउनु भयो ।

    संविधानका धारा ३६ को उपधारा ३ मा प्रत्येक नागरिकलाई खाद्य सम्प्रभूताको हक हुने छ भन्ने व्यवस्था गरिएको भए पनि जिल्लामा निर्माणाधिन चिस्यानगृह समेत सञ्चालनमा नल्याउँदा स्थानीय कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूलहरु कुहिएर नष्ट हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.