सर्केगार्ड गाउँपालिका–४ स्थित हिमज्योती माध्यमिक विद्यालयमा ‘अज्ञात समूह’ द्वारा ताला बन्दी गरेकाे छ । प्रधानाध्यापकले गत आर्थिक वर्ष ०७५/७६ को आय व्यायको हिसाब किताब सार्वजनिक नगरेको भन्दै भदौ ६ गते अज्ञात समूहले विद्यालय ताला बन्दी गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी भिमलाल भट्टराईले बताउनु भएको छ । लामो समय विद्यालयले आय व्याय प्रस्तुत नगरेको आरोपमा विद्यालयमा रातिको समय पारेर अज्ञात समूहले विज्ञप्तिमा टाँसेर ताला लगाएको सोही विद्यालयका प्रधानाध्यापक जयबहादुर धामीले बताउनु भएको छ ।

‘अज्ञात समूह’ ले लगाएको ताला इलाका प्रहरी चौकीका प्रहरी र गाउँपालिकाका जनप्रतिनिधिले भदौ ७ गते ताला फोडेको प्रधानाध्यापक धामीले बताउनु भएको छ । विज्ञाप्तिमा १३ बुँदे माग राखेको छ । जसमा विद्यालयमा कक्षा ११ /१२ र भेटनरी शुल्क को आय व्याय ०७५ सालदेखि नभएको, राष्ट्रिय वाणिज्य बैक र सिटिजन्स बैंक खातामा भएको पैसा हिनामिना गरेको लगायतका आरोप विज्ञप्तिमा उल्लेख गरिएको छ ।







