• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

"प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ "

  •     अभियान हाम्रो/ बिहिबार, भदौ ०७, २०८०  

  • कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित घोडाघोडी नगरपालिका-१० बस्ने २३ वर्षीय उमेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

    झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका-९ बस्ने ३० वर्षीय रमेश सिवालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ मेची आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम र नगद ७६ हजार ३ सय १५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोसन राजवंशी समेत २ जनालाई सोमबार राति प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

    दाङ, घोराही उपमहानगरपालिका-४ सिस्ने खोलाबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ घर भएका ३८ वर्षीय राजु रोकामगर र सोही उपमहानगरपालिका-४ बस्ने २० वर्षीया सविता नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  घोराही उपमहानगरपालिका-४ सिस्ने खोला बस्ने सोमराज रैदासको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१७ भैसाही चोकबाट रा.३ प ६३३८ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१४ खोली गाउँ बस्ने ३२ वर्षीय शुशिल गहतराजलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८९ मिलिग्रामसहित गुर्भाकोट नगरपालिका-१३ बस्ने १९ वर्षीय सनिम सिरिषलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति
    ताजा अपडेट
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति
    • आज मिति २०८२ फाल्गुन २१ गते बिहिबार तपाइको आजको राशिफल
    • धरान उप महानगर का बा मेयर आइन्द्र बिक्रम बेघा द्वारा लिखित ” तिमीलाई शिरमा सजाउनु “

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.