काठमाडौंकाे कागेश्वरी मनोहरा-७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोककाे मेलम्ची -९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित विभिन्न व्यक्ति पक्राउ परेका छन् ।
सोही ठाउँ बस्ने ३५ वर्षीय सन्जु श्रेष्ठ समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएकाे छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कांडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हजार ८ सय २५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी कागेश्वरी मनोहरा-६ मुलपानीस्थित अमृता मगरको टहरोमा जुवातास खेलिरहेको अवस्थामा दोलखाकाे मेलुङ-६ घर भएका २५ वर्षीय प्रदिप लामा समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधरमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ७ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
सुर्खेतकाे वीरेन्द्रनगर-३ एरिचोकस्थित न्यू पञ्चकोशी दुल्लु खड्का होटलमा जुवातास खेलिरहेको अवस्थामा दैलेखकाे दुल्लु-७ घर भएका ४६ वर्षीय दिनेश हमाल समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ९ सय रूपैयाँ, ५ बुक तास र मोबाइल १५ थानसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।