१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिकाका-३ का १९ वर्षीय उमेश कुसुलेविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० भदौ ५ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ५ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो ।
प्रहरीले आरोपितलाई सोही दिन घरैबाट गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी इन्स्पेक्टर राजेश सिग्देलले बताउनु भयो ।