गोडैता नगरपालिका–१० सिसौटियाका ३२ वर्षीय रामकिशोर महरा चमारलाई जातीय विभेद गरेको आरोपमा गोडैता नगरपालिका–११ सिसौटियाका ४६ वर्षीय श्याम कुमार यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलङ्गवामा भदौ ५ गते उजुरी दिनु भयो । आरोपित यादवले जातीय विभेद तथा छुवाछुत र कुटपिट समेत गरेको भन्दै पीडितले आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा भदौ ५ गते उजुरी दिएको पीडितले बताउनु भयो ।
पीडित गिोडैता नगरपालिका–८ स्थित बजारदेखि उत्तरतर्फ रहेको नहरमा कपडा सफा गरिरहेकाे बेला आरोपितले आफ्नो भैसीलाई पानी खुवाउने निहुँमा “तँ पानीबाट बाहिर आइज, तँ चमार, तँ दलित” भनी जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहार गर्नुका साथै हात समातेर कुटपिट समेत गरेको पीडितकाे आरोप रहेकाे छ । तर, आरोपितका दाजु ४९ वर्षीय रामानन्दन यादवले आरोपितले पीडितलाई “मैले पानी लिएपछि मात्र तिमी कपडा धुनु” मात्र भनेको र कुटपिट पनि नगरेको भन्नु भयो ।
पीडितको घाउजाँच जिल्ला अस्पताल मलङ्गवामा भदौ ६ गते भयो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।