६ भाद्र धादिङ काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूलीमा खसेको छ। प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-२ छहरेमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान १०ः३० बजेतिर सडकबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनु भयो । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार गरिएको छ। घाइते पाँच जनालाई काठमाडौं पठाइएको गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनु भयो । बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ।
घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको बिसुरालले बताउनु भयो । घटनाबारे विस्तृत विवरण भने आउन बाकी ।