काठमाडौ बाट बाग्लुङ जाँदै गरेको बस गजुरी र मलेखु बिच पर्ने छहरा बाट त्रिसुलि नदीमा खसेको छ ।

धादिङको गजुरी गाउँपालिका-१ चालीसे छहराबाट त्रिशूली नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए छन् । अहिले घाइतेहरूको उद्धार भइरहेको एसपी मिश्रले बताए । ‘त्रिशूली नदीमा बस खसेको र अहिले घाइतेहरूको उद्धार भइरहेको छ ।

केही घाइते मानिसलाई अस्पताल लगिएको छ भने केही गम्भीर घाइते पनि छन्,’ एसपी मिश्रले भने ।








