• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बुद्धशान्तिमा ‘हाम्री आमा, राम्री आमा’ कार्यक्रम लागू


  •    संवाददाता/ बुधबार, भदौ ०६, २०८०  

  • झापाको बुद्धशान्ति गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। जसमा ८/८ आधारभूत तथा माध्यमिक विद्यालय छन्। ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ६ हजार ५ सय ४४ रहेको गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक झल्का अधिकारी भट्टराईले जानकारी दिनुभयो।

    शिक्षा क्षेत्रलाई नयाँ संरचनामा लगिएसँगै आधारभूत तह १–८ लाई मानिँदै आएको छ। तर, शिक्षाको पुरानो संरचनालाई आधार मान्दा कक्षा १ देखि कक्षा ५, कक्षा १ देखि कक्षा ८, कक्षा १ देखि कक्षा १० र कक्षा १ देखि कक्षा १२ सम्म यो गाउँपालिकाका ४/४ वटा विद्यालय सञ्चालनमा रहेको प्राविधिक सहायक भट्टराईको भनाइ छ। जहाँ निम्न आय भएका अभिभावकका छोराछोरी मात्रै पढ्ने गरेको बताइएको छ।

    त्यसो त यो पालिकामा १७ वटा निजी विद्यालयमा ७ हजार ३२ विद्यार्थी अध्ययनरत छन्। तर, जहाँ सचेत र शिक्षित अभिभावकका छोराछोरी मात्रै पढ्ने गरेका छन्। हुनेखाने वर्गका छोराछोरी निजी विद्यालयमा र विपन्न वर्गका अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा मात्रै अध्ययन गर्ने परिपाटी बढेसँगै गाउँपालिकाले सामुदायिक विद्यालयको थप शैक्षिक गुणस्तर सुधार्न ‘हाम्री आमा–राम्री आमा’ कार्यक्रम लागू गरेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले बताउनुभयो।

    कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका आमाबुवालाई उनीहरूका छोराछोरीको पढाइका विषयमा ‘मोटिभेसन’ गरिन्छ,’ उपाध्यक्ष खतिवडाले भन्नुभयो, ‘अभिभावक नै आफ्ना छोराछोरीको पढाइप्रति सचेत भएनन् भने कसरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुध्रिन्छ। त्यसकारण अभिभावकलाई उनीहरुका छोराछोरीको पढाइका विषयमा जानकारी दिन र लिन अभिभावकलाई विद्यालयमा परामर्श दिने कार्यक्रम गर्न लागेका हौं। अभिभावक जागरुक भएसँगै उनीहरुका छोराछोरी पनि पढाइप्रति जागरुक हुन्छन्।’

    कतिपय अभिभावकले आफ्ना छोराछोरीको पढाइका विषयमा चासो नराख्ने र विद्यार्थीले विद्यालयको भरमा मात्रै रहनुपर्ने भएपछि कम्तीमा घरमा पनि आफ्ना छोराछोरीलाई समय दिनुपर्ने रहेछ भन्ने मान्यता स्थाापित गर्न गाउँपालिकाले यो वर्षबाट पाइलट प्रोजेक्टका रुपमा यो कार्यक्रम गर्न लागेको उपाध्यक्ष खतिवडाको भनाइ छ।

    ‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश अभिभावकले आफ्ना छोराछोरी पढ्नका लागि विद्यालय पठाउने तर, उनीहरुको पढाइका विषयमा चासो नराख्दा सोचेअनुसार विद्यार्थीले प्रगति गर्न नसकेको हुँदा अभिभावकलाई नै उनीहरुका छोराछोरीको पढाइप्रति जागरुक बनाउन पालिकाले पहल गर्ने उद्देश्यसहित यो वर्षबाट ‘हाम्री आमा–राम्री आमा’ कार्यक्रम लागू गरिएको हो,’ उपाध्यक्ष खतिवडाले भन्नुभयो, ‘पक्कै पनि यो कार्यक्रम सफल हुन्छ भन्नेमा हामी ढुक्क छौं।’

    शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले अंग्रेजी, गणित र विज्ञानजस्ता विषयमा शिक्षकलाई समेत तालिम दिने र विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्नेसम्मका कार्यक्रम सञ्चालन गर्ने गरिएको उपाध्यक्ष खतिवडाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीलाई जसरी निजी विद्यालयमा पढाउने अभिभावकले सफासुग्घर बनाएर विद्यार्थी पठाउँछन्। त्यस्तै गर्न र बनाउनसमेत हामीले सुरु गरेको कार्यक्रमले सिकाउने छ।’

    निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई अभिभावकले समय दिएझैं सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका आमावुबाले पनि त्यो सिकून् भन्नका लागि यो कार्यक्रम लागू गरिएको र त्यसका लागि बजेट पनि व्यवस्थापन उपाध्यक्ष खतिवडाको भनाइ छ।

    पछिल्लो समय युवापुस्तामा पुरुषहरू वैदेशिक रोजगारीका लागि विदेश जाने र आमाहरूले मात्रै बालबच्चाको हेरचाह गर्नुपर्ने बाध्यता रहेकाले पनि उनीहरुलाई नैतिक शिक्षा सिकाउन पनि यो कार्यक्रम फलदायी बन्ने उहाँको भनाइ छ।

    प्रविधिको विकासँगै बालबालिका पछिल्लो समय मोबाइलमा बढी लाग्ने र पढाइप्रति रुचि नहुने हुँदा उनीहरूलाई घरमा पनि आमाले हेरचाह गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न यो कार्यक्रम फलदायी हुने गाउँपालिका उपाध्यक्ष खतिवडाको विश्वास छ।

    ‘यो कार्यक्रमअन्तर्गत अब बुद्धशान्ति गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा छोराछोरी पढाउने आमालाई तालिम प्रदान गरिन्छ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालय मात्र पर्याप्त हुँदैन। घर नै पहिलो विद्यालय भएकाले हामी सामुदायिक विद्यालयमा विद्यार्थी मात्रै पढाउँदैनौं, अब उनीहरूका आमालाई पनि पढाउँछौं। अर्थात् विद्यार्थीको रेखदेख र स्वास्थ्य र शिक्षाका विषयमा तालिम दिन्छौं।’

    पहिलो वर्ष भएकाले यो कार्यक्रमका लागि गाउँपालिकाले ४ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको र यसलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा काम गर्ने खतिवडा बताउनुहुन्छ। यो कार्यक्रमका लागि आधारभूत तहमा अध्ययन गर्ने बालबालिकाका अभिभावक मात्रै सहभागी हुने पनि उहाँले जानकारी दिनुभयो।

    शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा गाउँपालिकाले अन्य थुप्रै काम गरिरहेको र यो वर्षदेखि मात्रै लागू गरिएको कार्यक्रमले पनि सामुदायिक विद्यालयका बालबालिकाको शैक्षिक गुणस्तर सुधार्न सकिने गाउँपालिकाले अपेक्षा लिएको बताइएको छ।

    हाल गाउँपालिकाले बालशिक्षकको सिकाइ सीपविकास, बाल कक्षा तथा दिवा खाजा व्यवस्थापन, अंग्रेजी शिक्षा तहगत रुपमा प्रवद्र्धन, विज्ञान गणित शिक्षण प्रवद्र्धन, सामुदायिक विद्यालय सबलीकरण उत्प्रेरणा कार्यक्रम, राम्रा अभ्यास आदान प्रदान कार्यक्रम, स्थानीय पाठ्यपुस्तक विकास तथा व्यवस्थापन, विद्यालयमा लागूऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम कार्यक्रम, सबै वडामा नमूना वाल कक्षा कार्यक्रम, माध्यमिक तहमा अध्ययन गर्ने छात्रालाई साइकल वितरणजस्ता कार्यक्रम सञ्चालन गरिरेहको शिक्षा शाखाकी प्राविधिक सहायक भट्टराईले बताउनुभयो।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.