• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य

" होटल क्षेत्रका लागि आबश्यक दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ नेपाल र होटल संघ पोखरा नेपालको आयोजनामा २४ महिने निःशुल्क तालिम संचालन हुने "

  •    / बुधबार, भदौ ०६, २०८०  

  • होटल क्षेत्रका लागि आबश्यक दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ नेपाल र होटल संघ पोखरा नेपालको आयोजनामा २४ महिने निःशुल्क तालिम संचालन हुने भएको छ ।

    विभिन्न कलेज र कतिपय तालिम दिने इन्ष्टिच्यूटबाट समेत आबश्यकता अनुसारको दक्ष जनशक्ति प्राप्त नभएपछि हेल्भेटास नेपाल अन्तर्गत संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहयोगमा दुई महिना पछि यस्तो तालिम संचालन गर्ने योजना अगाडि बढाइएको हो ।

    होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले होटल क्षेत्रका लागि आबश्यक दक्ष कामदार उत्पादनका लागि इनश्योरले विकास गरेको ड्युल भेट अप्रेन्टिसिप मोडल अर्थात् काम गर्दै सिक्दै अगाडि बढ्ने प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे । युरोपतिर बढी प्रचलनमा रहेको यो मोडेल नेपाली सन्दर्भमा पनि उपयोगी हुने उनले बताए । सन् २०१६ मा सुरु भई तीन चरणमा १० बर्षसम्म संचालन हुने तालिमको क्षेत्र सुरुमा कोशी, लुम्बिनी र बागमति प्रदेश भए पनि यसलाई विस्तार गरी गण्डकी लगायत कूल पाँच प्रदेशमा संचालन गरिने योजना रहेको उनले सुनाए ।

    आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै इन्स्योरका क्वालिटी असुरेन्स स्पेस्लिष्ट केशव भण्डारीले सैद्धान्तिक र व्यवहारिक गरी कूल २४ महिनासम्म अप्रन्टिसिप मोडलको तालिम संचालन हुने जानकारी दिए । अधिकांश समय व्यवहारिक ज्ञान लिनका लागि कार्यक्षेत्रमा नै प्रशिक्षार्थी व्यस्त रहने उनले अवगत गराए ।

    खाजा खर्च र कूल न्यूनतम पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक पनि यस्तो तालिममा उपलब्ध हुने उनले सुनाए । यसैगरी अन द जव ट्रेनिङ र काम गरी रहेकाहरुको लागि क्षमता सुधार तालिम पनि उक्त परियोजनाले संचालन गर्दै आइरहेको उनले जानकारी दिए । यसप्रकारका सबै तालिमहरु दक्ष जनशक्ति उत्पादनका लागि रोजगाररत र बेरोजगार सबैका लागि उपलब्ध भएको उनले बताए ।

    होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पर्यटन क्षेत्रले उद्योग सरहको मान्यता र सुविधा पाउनुपर्ने माग राखे । उनले नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरु भित्र्याउन पहल गर्नुपर्ने सुझाव पनि सुनाए । कार्यक्रममा बोल्दै होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले नेपालको पर्यटनका लागि थुप्रै जनशक्ति आबश्यक परेको तर उपलब्ध नभईहरहेको बताए । यस्तो जनशक्ति उत्पादन गर्ने र होटल प्रतिष्ठानहरुमा कार्यरत जनशक्तिको थप क्षमता विकासका लागि समेत यसप्रकारका तालिमहरु उपयोगी हुने उनले बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्यवहादुर भुजेलले कूल ग्रहाहस्थ उत्पादनमा पर्यटन क्षेत्रको उल्लेख्य योगदान रहेको बताउँदै पर्यटन क्षेत्रका लागि ठूलो संख्यामा दक्ष जनशक्ति आबश्यक परेको बताए । तर अहिलेका पर्यटकीय प्रतिष्ठानहरु तालिम केन्द्र जस्तो बन्न पुगेको बताउँदै उनले मजदूरहरु होटल रेष्टुराँमा काम सिक्ने अनि विदेश जाने परिपाटीले समस्या उत्पन्न भएको उनले सुनाए । विद्यालय तहमा पर्यटन विषयको पढाई सुरु गर्नुपर्ने सुझाव पनि उनले राखे ।

    कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै गण्डकी प्रदेशकी सांसद विमला गौचनले आफ्नो लागि पद भन्दा पनि सीप ठूलो कुरा भएको बताइन् । मानिसमा सीप हुनु ठूलो कुरा भएको बताउँदै उनले आफू पनि सीपका लागि धेरै संघर्ष गरेर अहिलेको अवस्थामा आइपुगेको अनुभव सुनाइन् । होटल क्षेत्रका लागि खासगरी कुकिङ, हस्पिटालिटी र हाउस किपिङमा दक्ष कामदारहरु आबश्यक परेको उनले बताइन् ।

    होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा र वरपरकका एक हजार होटलका लागि १५ हजार दक्ष जनशक्ति आबश्यक परेको तर अहिले पाँच हजार पनि उपलब्ध नभएको तथ्यांक सुनाए । दक्ष कामदार उत्पादनका लागि होटल संघले सुरु गर्न लागेको तालिम उपयोगी हुने भनाई पनि उनले राखे । कार्यक्रममा घरेलु कार्यालयका शेषकान्त पौडेल, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखरा नेपालका कोषाध्यक्ष नेत्र पौडेल लगायतले पनि भनाई राखेका थिए ।

    —

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.