• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नवजात शिशु ७ लाख तिरेर छोरा–बुहारीको लागि किनेको बयान

"नवजात शिशु ७ लाख तिरेर छोरा–बुहारीको लागि किनेको बयान "

  •    अभियान हाम्रो डट कम / बुधबार, भदौ ०६, २०८०  

  • विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु सोही अस्पतालका डाक्टर तपेश्वर लाल कर्णले पाँच लाख लिएको र उपचार बापत २ लाख रुपैयाँ आफूले तिरेको राजवंशीले बताएकी हुन् ।

    मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीले शिशु लगेको पुष्टि भएको हो । उक्त शिशु प्रहरीले फेला पारेको छ । विवाह भएको एक दशक बितिसक्दा पनि दिमायाको छोरा सूर्यनारायण राजवंशी दम्पतीको सन्तान भएको थिएन । सन्तान नभएपछि दिलमायाले छोरा बुहारीको लागि नवजात शिशु लिन सात लाख रुपैयाँ खर्च गरेको बयान दिएकी हुन् ।

    ग्रिनक्रस हस्पिटलमा जन्मिएकी उक्त शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । नवजात शिशु लिएर राजवंशी दम्पतीले नै विराट नर्सिङ होममा लिएर गएका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् । नवजात शिशु लिने र बेच्ने डाक्टलाई अहिले मोरङ प्रहरीमा राखेर अनुसन्धान भइरहेको एसपी दीपक पोखरेलले बताए ।

    अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्तालबाटै विक्री भएको तथ्य यसअघि नै खुलेको थियो । आफूले जन्माएको शिशु हराएको भन्दै एक युवतीले मोरङ प्रहरीमा उजुरी दिएकी थिइन् ।

    युवतीको उजुरीका आधारमा मोरङ विराटनगरमा रहेको ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कर्ण र अविवाहित युवतीका प्रेमि गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै डाक्टर कर्ण बिरामी भएर अस्पताल भर्ना भएका थिए । उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसलगत्तै प्रहरीले लिएको बयान लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

    पक्राउ परेका कर्ण र भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ गत आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

    दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई गत असार १३ गते विराटनगर लिएर आएका थिए । सुरुमा विराटनगरको दिपेश मेडिकल क्लिनिकमा युवतीलाई लिएर गोविन्द पुगेका थिए । उक्त क्लिनिक पनि डाक्टर कर्णको हो । त्यसपछि उनै डाक्टर कर्णले ग्रीनक्रस अस्पताल भर्ना गर्न लगाएका थिए । त्यसपछि युवतीले हस्पिटलमै नर्मल डेलिभरीमार्फत छोरी जन्माएकी थिइन् ।

    ती युवतीले ग्रिनक्रस अस्पतालमा ९ सय ५० ग्रामको स्वस्थ शिशुलाई जन्म दिएको भनिएको थियो । प्रारम्भिक अनुसन्धानबाट एक केजीभन्दा बढी तौल भएको शिशु जन्म भएको खुलेको छ । त्यो शिशु जन्मिने क्रममा डा. कर्णको संलग्नता रहेको र शिशुको बन्दोबस्तीका लागि बाबु गोविन्दबाट रकम लिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.