• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गोर्खाली अन्तर समाज खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता २०८०’ हुुने


  •    अभियान हाम्रो/ मङ्गलबार, भदौ ०५, २०८०  

  • ५ भदौ २०८० पोखरा ।

    गोर्खाली रेडियो १०६ मेघाहर्जको आयोजनामा ‘गोर्खाली अन्तर समाज खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता २०८०’ हुुने भएको छ । आगामी असोज २० गते पोखारा सभागृह हलमा हुने प्रतियोगिताबाट भएको मुनाफाको १० प्रतिशत रकम आर्थिक अवस्था कमजोर भएको बालबालिकाहरुलाई सहयोग गरिने मुल आयोजक समितिका संयोजक अध्यक्ष सु.मे. श्रीप्रसाद गुरुङले जानकारी दिनुभयो ।
    विभिन्न समाजका ३० वर्ष भन्दा माथीको लोक कलाकारहरुमा भएको प्रतिभालाई प्रस्फुटन गरी स्थानीय लोक भाका, कला, संस्कृति, मौलिकताको संरक्षण र संवद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । समाज भित्र सिमित रहनुभएका कलाकारहरुलाई श्रोता, दर्शक माझ चिरपरिचित गराई व्यवसायिक उत्थान र प्रोत्साहनका लागि समेत प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागिताका लागि ४ जना भन्दा माथिको सामुहिक रुपमा दर्ता गर्न सकिनेछ भने दर्ता शुल्क ३ हजार रुपैयाँ रहेको छ । भदौ एक गतेदेखि खुल्ला गरिएको फारम असोज १८ गतेसम्म भर्न सकिनेछ ।
    प्रतियोगितामा सय भन्दा वढी प्रतियोगिहरुको सहभागिता रहने कार्यक्रम संयोजक डब्लुओटु बल बहादुर गुरुङले बताउनुभयो । प्रतियोगिताको स्थानीय तथा राष्ट्रिय टि.भि.रेडियो, एफ.एम. तथा पत्रपत्रीका मार्फत प्रचार प्रसार गरिनेछ । मुख्य प्रायोजक सह–प्रायोजक, प्रायोजक व्यानर तथा अन्य प्रायोजक बनी सहयोग गरिदिनुहुने संघसंस्था, पल्टन तथा व्यक्तिबाट पुरस्कृतलाई पुरस्कार दिने व्यवस्था गरिएको छ । मुख्य प्रायोजक तथा सह–प्रायोजकको नाम मुख्य व्यानरमा लेखिनुका साथै सम्पूर्ण प्रायोजकहरुको नामावली हलको दुवै साईडमा डिस्प्ले गरि प्रशंसा पत्रद्धारा सम्मान गरिइनेछ । प्रतियोगिता सफलताका लागि सरकारी तथा गैर सरकारी संघसंस्था तथा व्यक्तिगत रुपमा आफुले सकेको भौतिक, नैतिक र आर्थिक रुपमा सहयोग गर्नुहुने समेत कार्यक्रम संयोजक गुरुङको विश्वास रहेको छ ।
    प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः नगद रु. ५०, ३० र २० हजार, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनेछ भने, सान्त्वना हुने दुई समुहलाई नगद रु १०÷१० हजार रुपैया र प्रमाण-पत्रको व्यवस्था गरिएको छ । टप टेन हुनेलाई आकर्षक गिफ्ट ह्याम्पर प्रमाण-पत्र साथै भ्युवर च्वाइसलाई आकर्षक पुरस्कार र प्रमाण–पत्रको व्यवस्था गरिएको छ ।
    प्रतियोगिता सफलताका लागि सह-प्रायोजकको रुपमा मेजर लक्ष्मी प्रसाद गुरुङ, धर्म पत्नी हुम कुमारी गुरुङले नगद १ लाख रुपैयाँ प्रदान गर्नुभएको छ । विशेष प्रायोजक डब्लुओटुु बल बहादुर गुरुङ र धर्म पत्नी औ सुबा गुरुङले ७५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । त्यसैगरी सान्त्वना पुरस्कार सिद्धार्थ तमु समाज पोखरा १० हजार रुपैयाँ, राेधीं टिभीको सञ्चालक बालकासी गुरुङ र भोज बहादुर गुरुङले रु १० हजार रुपैया प्रदान गर्नुभएको छ । मुख्य प्रायोजकका लागि रु १ लाख ५० हजार रुपैयाँ, सह–प्राजयोकको लागि नगद रु. १ लाख रुपैया, प्रायोजकका लागि ५० हजार रुपैयाँ, ब्यानरका लागि नगद रु. ५ हजार रुपैयाँ दर्ता शुल्क प्रतियोगिताबाट रु. ५० हजार रुपैयाँ, प्रवेश टिकट बापत एक लाख र विविधमा ५० हजार गरी जम्मा नगद रु. १० लाख रुपैयाँ अनुमानित आएस्रोत रहेको छ ।
    त्यसैगरी ट्रफी, प्रमाण-पत्र नगद पुरुस्कार १ लाख ५० हजार उद्घाटन तथा समापन खर्च ५० हजार, मसलन्द नगद रु. ५० हजार रुपैयाँ, साउण्ड सिस्टम लाईट १ लाख ५० हजार रुपैयाँ, प्रचारप्रसार तथा ब्यानर नगद रु. १ लाख रुपैयाँ, हल भाडा ३५ हजार रुपैयाँ, कलाकार खर्च १ लाख ५० हजार रुपैयाँ, भिडियोग्राफी, फोटोग्राफी रु. १ लाख रुपैयाँ, निर्णायक खर्च रु ५० हजार रुपैयाँ, बाध्यबादन रु. ५० हजार, जलपान ३० हजार हल डेकोरेसन ५० हजार रुपैयाँ र विविध खर्च रु ३५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न कार्य विभाजन संयोजक तोकिएको छ ।  जसमा मुल आयोजक समिति संयोजक रेडियोका अध्यक्ष सु.मे. श्रीप्रसाद गुरुङ, कार्यक्रम संयोजक डब्लुओटु बल बहादुर गुरुङ, सह–संयोजक मिसेज कर्णेल पदम शोभा गुरुङ, पुरस्कार तथा ट्रफी व्यवस्थापन संयोजक सल्लाहकार संयोजक मे.लक्ष्मी प्रसाद गुरुङ, वाद्यबाधक संयोजकमा सल्लाहकार क्या. चोक बहादुर गुरुङ रहनुभएको छ । साउण्ड सिस्टम तथा हल व्यवस्थापन संयोजक उपाध्यक्ष क्या. हितमान गुरुङ, समाज समन्वय तथा फारम व्यवस्थापन संयोजक सचिव चन्द्रवती गुरुङ, अर्थ संयोजक कोषाध्यक्ष सु.मे. देउ बहादुर गुरुङ, कलाकार व्यवस्थापन संयोजक सु. ईन्द्र बहादुर गुरुङ, यु.के. शाखा अर्थ संयोजक पूर्व प्रवन्ध निर्देशक क्या. नर बहादुर गुरुङ र क्या. पिताम्बर गुरुङ रहनुभएको छ ।
    त्यसैगरी हङकङ शाखा अर्थ संयोजक विदेश समन्वय संयोजक दुर्गा घोताने ‘मिलन’, भु.पु. सम्पर्क संयोजक संघसंस्था समन्वय संयोजक दिलु गुरुङ, अतिथि सत्कार सदस्य खकी माया गुरुङ, टिकट व्यवस्थापन संयोजक सदस्य अरुणा आले, प्रसार–प्रसार संयोजक स्टेशन म्यानेजर खिमा गुरुङ, मञ्च व्यवस्थापन संयोजक संवाददाता मिलन गुरुङ रहनुभएको छ । प्रतियोगिताको मिडिया पाटर्नरको रुपमा मिलन वल्र्ड न्युज, कास्की आवाज, रोधी टि.भी., लोकेश्वर मिडिया, फेवा टि.भि. र पोखरा टिभी एच.डी. रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.