• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रहरीसहित १२ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा


  •    संवाददाता/ मङ्गलबार, भदौ ०५, २०८०  

  • कारागारभित्र दुई जना कैदीको मृत्यु घटनामा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।

    सङ्खुवासभाको कारागारमा कैदीको हत्यामा सम्लग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जना विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ ।

    कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको छ ।

    कैदी मृत्यु घटनामा प्रहरीसहित १२ जना विरूद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।

    गृह मन्त्रालयद्वारा साउन २४ गते गठित अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने डिएसपी गोदारले बताउनुभयो ।

    जिल्ला कारागारका दुई जना कैदीको ०८० साउन २४ गते मृत्यु भएकै दिन गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोली बनाएको थियो ।

    गृह मन्त्रालयले छानविन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

    कैदी मृत्यु घटनामा प्रत्यक्ष संलग्न देखिएका पाँच जना प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

    कारागार सुरक्षा इञ्चार्ज असई लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट ०८० भदौ १ गते दोस्रो पटक पुन: म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    असई चौधरीसहित ११ जना विरूद्ध कर्तव्य ज्यान मुद्दामा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पीडितले दिएको साउन २७ गते दिएको किटानी उजुरीका आधारमा असई चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरूद्ध जिल्ला अदालतले साउन २८ गते गिरफ्तारीका लागि अनुमति दिएको थियो ।

    कारागारका निमित्त प्रमुख घिमिरेलाई हालसम्म गिरफ्तार गरिएको छैन ।

    कारागारमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते बिहान मृत्यु भएको थियो ।

    २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।

    घटनाका विषयमा इन्सेकले साउन २६ गतेदेखि साउन २८ गते स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

    कारागारका दुई जना कैदीको मृत्यु यातनाबाट भएको इन्सेक प्रतिवेदनमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.