• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने


  •    संवाददाता/ मङ्गलबार, भदौ ०५, २०८०  

  • प्रमुख दलका नेता सहभागी भएको कार्यदलले सुन तस्करीको छानबिनका लागि गठन गर्ने उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्र टुंगो लगाउने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति प्रमुख दलका शीर्ष नेताबीच उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको हो ।

    दलीय सहमति अनुसार उक्त समितिको संरचना र कार्यक्षेत्रको टुंगो लगाउन विपक्षी एमालेबाट सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ । उक्त कार्यदलको बैठक बिहान ११ बजे बस्दैछ ।

    कार्यदलले समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव दिउँसो बस्ने शीर्ष नेताहरूको बैठकमा पेस गर्ने छन् । २ बजे बस्ने शीर्ष नेताहरूको बैठकमा कार्यक्षेत्र र संरचनामा समझदारी बने साउन १० गते देखि अवरुद्ध रहेको संघीय संसद सुचारु हुनेछ । प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा १ बजेका लागि डाकिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु साउन ३ गते सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले उपप्रधान तथा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुको साथै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.