सुर्मा गाउँपालिका–३ घर भई जयपृथ्वी नगरपालिका–१० चैनपुर चौगाउँ टोलमा बस्दै आएका कमल बिकका पत्नी र छोरामाथि अपरिचित व्यक्तिले भदौ ४ गते राति चक्कु प्रहार गरेका छन् ।
घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले चक्कु प्रहार गर्दा कमल बिककी २५ वर्षीया पत्नी सुनिता बिक, सात वर्षीय छोरा आदित्य बिक र चार वर्षीय छोरा मोटु बिक घाइते भएका छन् । खाना खाएर सुतेको समयमा अपरिचित व्यक्तिले भान्सामा रहेको चक्कु प्रहार गरी आफूसँग भएको मोबाइल समेत लुटेर लगेको पीडित सुनिता बिकले बताउनु भयो ।
चक्कु प्रहारबाट ढाँड, च्यापु, घाँटी र पिठ्युमा गहिरो घाउँ लागि घाइते हनु भएका तीनै जनाको स्वस्थ्य उपचार जिल्ला अस्पताल, सिमखेतमा भइरहेको र घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको समेत जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो । सदरमुकाम चैनपुरमै उक्त घटना भएपछि स्थानीयहरु त्रसित बनेका छन् ।