• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सानोठिमी स्थित बाल सुधार गृह तोडफोड गरेर फरार

"बाल सुधार गृह तोडफोड गरेर फरार रहेका २ सय २१ जनामध्ये १ सय ९४ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ ०५, २०८०  

  • मध्यपुरथिमी नगरपालिका-२, सानोठिमी स्थित बालसुधार गृह तोडफोड गरेर ०८० भदौ ४ गते २ सय २१ जना ‘फरार’ भएका छन् । सुधार गृहभित्र आफूहरूलाई व्यवस्थापनले खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै भित्र रहेका बालबालिकाले सुधार गृहको पछाडि पट्टीको ढोका फोरेर भागेका प्रहरीले जनाएको छ ।

    बलात्कार गरेको कसुरमा बालसुधार गृहमा रहेका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका १९ वर्षीय कमल बस्नेतको भदौ ३ गते मृत्यु भएपछि बालसुधार गृहभित्र रहेका अन्य बालबन्दीहरू आफूहरूको हेरचाहमा ध्यान नदिएको भन्दै व्यवस्थापनसँग आक्रोशित भएका थिए । आक्रोशित अवस्थामा रहेका बालबालिकाहरूले सोही घटनालाई लिएर सुधार गृह तोडफोड गरेको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बाल सुधार गृह तोडफोड गरेर फरार रहेका २ सय २१ जनामध्ये १ सय ९४ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइसकेको इन्सेकलाई बताउनु भयो । एसपी केसीका अनुसार फरार रहेका अन्य २७ जनाको खोजीका लागि काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीन ओटै जिल्लामा प्रहरी परिचालान गरिएको छ ।

    बालसुधार गृहभित्र प्रशासनले विभेद गरेको भन्दै बालबालिकाले नाराबाजी गर्दै घरेलु हतियार, ढुङ्गामुढासहित प्रहरी र सुधार गृह व्यवस्थापन गरिरहेको युसेप नेपालको कार्यालयमाथि ढुङ्गामुढा गरेको एसपी केसीले जानकारी दिनुभयो । बालबालिकाको आक्रमणमा परेर झडपका क्रममा १९ जना प्रहरी घाइते भएको एसपी केसीले उल्लेख गर्नुभयो । घाइते प्रहरीहरूको भक्तपुरस्थित मध्यपुर अस्पताल र नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै प्रहरीसँगको झडपमा परी १२ जना बालबालिका घाइते भएका एसपी केसीले इन्सेकलाई जानकारी दिनुभयो । घाइते भएका दुई जनाको उपचार राष्ट्रिय ट्रमा सेन्टर र अन्यको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.