• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सानोठिमी स्थित बाल सुधार गृह तोडफोड गरेर फरार

"बाल सुधार गृह तोडफोड गरेर फरार रहेका २ सय २१ जनामध्ये १ सय ९४ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ ०५, २०८०  

  • मध्यपुरथिमी नगरपालिका-२, सानोठिमी स्थित बालसुधार गृह तोडफोड गरेर ०८० भदौ ४ गते २ सय २१ जना ‘फरार’ भएका छन् । सुधार गृहभित्र आफूहरूलाई व्यवस्थापनले खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै भित्र रहेका बालबालिकाले सुधार गृहको पछाडि पट्टीको ढोका फोरेर भागेका प्रहरीले जनाएको छ ।

    बलात्कार गरेको कसुरमा बालसुधार गृहमा रहेका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका १९ वर्षीय कमल बस्नेतको भदौ ३ गते मृत्यु भएपछि बालसुधार गृहभित्र रहेका अन्य बालबन्दीहरू आफूहरूको हेरचाहमा ध्यान नदिएको भन्दै व्यवस्थापनसँग आक्रोशित भएका थिए । आक्रोशित अवस्थामा रहेका बालबालिकाहरूले सोही घटनालाई लिएर सुधार गृह तोडफोड गरेको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बाल सुधार गृह तोडफोड गरेर फरार रहेका २ सय २१ जनामध्ये १ सय ९४ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइसकेको इन्सेकलाई बताउनु भयो । एसपी केसीका अनुसार फरार रहेका अन्य २७ जनाको खोजीका लागि काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीन ओटै जिल्लामा प्रहरी परिचालान गरिएको छ ।

    बालसुधार गृहभित्र प्रशासनले विभेद गरेको भन्दै बालबालिकाले नाराबाजी गर्दै घरेलु हतियार, ढुङ्गामुढासहित प्रहरी र सुधार गृह व्यवस्थापन गरिरहेको युसेप नेपालको कार्यालयमाथि ढुङ्गामुढा गरेको एसपी केसीले जानकारी दिनुभयो । बालबालिकाको आक्रमणमा परेर झडपका क्रममा १९ जना प्रहरी घाइते भएको एसपी केसीले उल्लेख गर्नुभयो । घाइते प्रहरीहरूको भक्तपुरस्थित मध्यपुर अस्पताल र नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै प्रहरीसँगको झडपमा परी १२ जना बालबालिका घाइते भएका एसपी केसीले इन्सेकलाई जानकारी दिनुभयो । घाइते भएका दुई जनाको उपचार राष्ट्रिय ट्रमा सेन्टर र अन्यको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.