रामेछाप जर्वजस्ती करणी मुद्धामा कैद भुक्तान गर्दै आएका एक कैदी बन्दीको कारागार कार्यालयमा ज्यान गएको छ । जर्वजस्ती करणी मुद्धामा श्रेष्ठलाई जिल्ला अदालत रामेछापले जन्मकैदको फैसला सुनाएको थियो । घाइते श्रेष्ठलाई कारागार कार्यालय रामेछापले उपचारको लागि तत्कालै जिल्ला अस्पताल रामेछाप भर्ना गरिएको थियो । अदालतको फैसला अनुसार उनलाई २०७७ असार २८ गते कारागार रामेछापमा चलान गरिएको थियो ।
जिल्लाको उमाकुुण्ड गाउँपालिका–६ रोटेका वर्ष ८४ का पदमबहादुर श्रेष्ठको गएराती ज्यान गएको हो । कारागारमा कैद भुक्तान गर्दै गरेका श्रेष्ठ बाथरुममा लडेर घाइते भएका थिए ।उनको उपचारको क्रममा गएराती मृत्यु भएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिएको छ ।