भाद्र ४ ,काठमाडौ
कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई ले गठबन्धन संस्कृति लोकतन्त्र माथिको खेलबाड भएको बताउनुभएको छ। साम्सद भट्टराईले सोमबार साझ सामाजिक संजाल फेसबूकमा स्टाटस लेख्दै सो कुरा व्यक्त गर्नु भएको हो।
भट्टराईले लोकतान्त्रिक पद्धति सबैभन्दा उत्कृष्ट हो भन्ने मान्यता लाई गठबंधन संस्कृतिले चुनौती दिएको भन्दै गठबंधन संस्कृतिले हुर्काइरहेको असम्बैधानिक र अलोकतान्त्रिक व्यवहारहरु पुर्ण रुपमा लोकतन्त्र माथिको खेलवाड हो उल्लेख गर्नुभएको छ।