• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुठीचौरका स्वास्थ्य संस्थामा जीवनजल अभाव

"बर्खाको माैसम साउन र भदौँ महिनामा पानी धमिलो हुने र त्यही पानी मानिसले पिउने भएका करण स्वास्थ्य संस्थामा झाँडापखालाका बिरामी बढी आउन्छन् । तर गुठीचौरका स्वास्थ्य संस्थामा जीवनजलसमेतको अभाव "

  •     अभियान हाम्रो/ सोमबार, भदौ ०४, २०८०  

  • जुम्लाको गुठीचौर गाउँपालिकामा पाँच वटा स्वास्थ्य संस्था रहेका छन् । प्रसुति गृहसहित तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । यी स्वास्थ्य संस्थामा जीवनजलसमेत अभाव देखिएको छ । अहिले बर्खाको माैसम साउन र भदौँ महिनामा पानी धमिलो हुने र त्यही पानी मानिसले पिउने भएका करण स्वास्थ्य संस्थामा झाँडापखालाका बिरामी बढी आउन्छन् । तर गुठीचौरका स्वास्थ्य संस्थामा जीवनजलसमेतको अभाव रहेको छ ।

    गुठीचौर गाउँपालिका – ५ देपालगाउँ स्वास्थ्य चौकीका इन्चार्ज क्षेत्रबहादुर खत्रीका अनुसार यस स्वास्थ्य संस्थामा अरु औषधि भएपनि जीवनजल भने छैन । उहाँले भन्नुभयो अहिले बर्खा मौसममा झाडापखालाका बिरामी बढी आउन्छन् । तर जीवनजल छैन । बिरामीलाई हामीले के भनेर पठाउने निकै समस्या हुने गरेको छ । दैनिक २५/३० जना बिरामी आउने गर्दछन् । औषधि पनि स्वास्थ्य संस्थामा प्रयाप्त नहुने भएकाले पूर्ण डोजको औषधि दिन नसकिएको सिनियर अहेव देवानन्द तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो ‘बिरामीलाई औषधि पूर्ण डोजको औषधि दिनका लागि ५–७ दिन पुग्ने दिनुपर्ने हुन्छ । तर स्वास्थ्य संस्थामा औषधि प्रयाप्त नहुदा २–३ दिनका लागि मात्रै दिने गरेका छौँ ।’

    सुत्केरी महिलाले समयमै प्रोत्साहन भत्ता पाउदैनन् । सुत्केरी महिलालाई डिचार्ज गर्ने बेलामा स्वास्थ्य संस्थामा सुत्केरी भएपछि प्रोत्साहन भत्ता दिनु पर्ने हो । तर सुत्केरी भएको ६ महिनाको अवधिमा मात्रै प्रोत्साहन भत्ता पाउने गरेको सिनियर अहेव तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयोे ‘सुत्केरी महिलालाई तत्कालका समस्या समाधान गर्ने सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन गरेको हो । तर लामो समय वितेपछि मात्रै पाउने गरेका छन् । ’ गुठीचौर स्वास्थ्य शाखा संयोजक बालराम नेपालीका अनुसार अहिले स्वास्थ्य संस्थामा जीवनजल कमै मात्रमा रहेको छ । कतिपय स्वास्थ्य संस्थामा सकिएको पनि होला । जीवनजल अहिले जिल्लाभर अभाव छ । अभाव भएपनि कमै मात्रमा होला । भदौ ६ गते  स्टाफ बैठक छ । त्यतिबेला सवै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी बैठकमा आउन्छन् । कहाँकति औषधिको अपुग छ । त्यतिबेला स्वास्थ्य शाखाको स्टोरमा भएको औषधि वितरण गर्ने छौँ ।

    गुठीचौर गाउँपालिका सरकारले स्वास्थ्य र शिक्षालाई प्रथामिकता दिने नारासहित नीति ल्याएपनि बजेट विनियोजनमा खासै प्रथामिकता दिएको छैन । स्वास्थ्य शाखा संयोजक नेपालीले बताउनुभयो ।  स्थानीय सरकारको बहाली भएको ६ वर्षपछि एम्बुलेन्सको व्यवस्थापन भएको छ । एम्बुलेन्स पहिले नै व्यवस्थापन गर्नुपर्ने हो । तर भएन । यसै गरी, गर्भवती महिलाका लागि अल्ट्रा साउण्ड डिभियो एक्सरे धेरै लामो प्रयासपछि केही समयअघि मात्रै पालिका स्तरमा एउटा व्यवस्थापन भएको हाे । गर्भवती महिलाको पेटमा बच्चा उल्टोसुल्टो केकस्तो छ हेर्न अहिले सहज भएको संयोजक नेपाली बताउनु भयो । उहाँले भन्नभयोे ‘अझै यस ठाउँमा ल्यावको आवश्यकता छ । ल्याव स्थापनाका लागि पहल गरेका छौँ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.