• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विद्यार्थिलाई कुटपिट गरी यातना दिएको आरोपमा विद्यालयका प्रधानाध्यापक बर्खास्त

"विद्यार्थिलाई कुटपिट गरी यातना दिएको आरोपमा विद्यालयका प्रधानाध्यापक बर्खास्त "

  •     अभियान हाम्रो/ सोमबार, भदौ ०४, २०८०  

  • त्रिपुरासुन्दरी गाउँपालिका-२, चोकटीको गुवाँथली स्थित श्री गोल्माराजा आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीय बालकलाई गृहकार्य नगरेको आरोपमा कुटपिट गरी यातना दिएको भन्दै ०८० भदौ २ गते विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका प्रधानाध्यापक रामानन्द शाहलाई बर्खास्त गरेको छ । पीडित बालकलाई प्रधानाध्यापक शाहले भदौ १ गते गृहकार्य नगरेको आरोपमा कक्षा कोठाभित्र लाठ्ठी प्रहार गरी यातना दिएको आरोप छ ।

    प्रधानाध्यापकको कुटाइबाट घाइते बालकको खुट्टामा गहिरो चोट लागेको पीडितका बुबा राज थामीले बताउनु भयो । पीडितका बुबा राज थामीका अनुसार घाइते बालकको भदौ १ गते खाडीचौर अस्पतालमा उपचारको लागि लगेकोमा सो अस्पतालले धुलिखेल अस्पताल रिफर गरी भदौ २ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ । घटनापछि आरोपित शिक्षक शाह फरार भएको स्थानिय ध्रुवराज गुरुङले बताउनु भयो । प्रधानाध्यापक शाहलाई त्रिपुरासुन्दरी गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण मागेको तर फरार रहेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो ।

    बालकलाई कुटपिट गरी यातना दिएको आरोपमा भदौ २ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले आरोपित प्रधानाध्यापकलाई प्रधानाध्यापक पदबाट हटाउने, पीडित बालकको उपचार खर्च ब्यहोर्नु पर्ने सहितको स्पष्टीकरण माग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर गुरुङले बताउनु भयो । पीडित पक्ष कानुनी कार्बाहीको लागि प्रहरी कार्यालय जान तयारी भएकोमा आरोपित प्रधानाध्यापकले उपचार खर्च ब्यहोर्न तयार छु भनि टेलिफोनबाट बताएपछि हाल प्रहरी कार्यालय जान रोकिएको स्थानीय ध्रुवराज गुरुङले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.