• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलात्कार कसुरमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु

"मध्यपुरथिमि नगरपालिका-२, सानोठिमी स्थित बलात्कार गरेको कसुरमा बालसुधार गृहको थुनामा रहेका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका २१ वर्षीय कमल बस्नेतको ०८० भदौ ३ गते मृत्यु "

  •     अभियान हाम्रो/ सोमबार, भदौ ०४, २०८०  

  • मध्यपुरथिमि नगरपालिका-२, सानोठिमी स्थित बलात्कार गरेको कसुरमा बालसुधार गृहको थुनामा रहेका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका २१ वर्षीय कमल बस्नेतको ०८० भदौ ३ गते मृत्यु भएको छ ।

    पाँच वर्षीया बालिकालाई ०७७ जेठ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले बस्नेतविरूद्ध जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले बस्नेतलाई गिरफ्तार गरी जेठ २९ गते जिल्ला अदालत रामेछापमा मुद्दा दर्ता गरेकोमा सोही दिनको आदेशले बस्नेत सानोठिमीस्थित बालसुधार गृहमा रहनुभएको थियो ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार ज्वरो आयो भन्दै बाल सुधार गृहमा भदौ ३ गते राती औषधि मागेर खाएका बस्नेत भदौ ४ गते बिहान हेर्दा बेहोस भएको देखेपछि बालसुधार गृहका कर्मचारीले उहाँलाई उपचारका लागि नजिकैको नागरिक सामुदायिक अस्पतालमा लागेका थिए । डिएसपी पाठकका अनुसार बस्नेतको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो । मृतक बस्नेतको शव पोष्टमार्टमका लागि भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजमा पठाइएको डिएसपी पाठकले इन्सेकलाई जानकारी दिनुभयो ।

    बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तले घटनाको निष्पक्ष छानबिन गर्नु पर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपुर्ती दिनुपर्ने माग गर्दै सुधारगृह घेराउ गरेका थिए । पीडित परिवारजनको मागबमोजिम भदौ ३ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

    समितिमा सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको नेतृत्वमा प्रहरी परिसर, भक्तपुरका डिएसपी बसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेका छन् । समितिलाई सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.