• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अवैध यौन सम्पर्कबाट गर्भ रहेर जन्मिएको एक शिशु अस्पताल बाटै ब्वाइफ्रेन्ड र डाक्टरको मिलेमतोमा शिशुलाई गायब

"अवैध यौन सम्पर्कबाट गर्भ रहेर जन्मिएको एक शिशु अस्पतालबाटैब्वाइफ्रेन्ड र डाक्टरको मिलेमतोमा शिशुलाई गायब  "

  •    अभियान हाम्रो डटकम / आइतबार, भदौ ०३, २०८०  

  • विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा प्रसूति गराउन भर्ना भएकी एक युवतीले सकुशल शिशुलाई जन्माएकी थिइन् । तर, उनको नवजात शिशु अस्पतालबाटै बेपत्ता भएको तथ्य प्रकाशमा आएको हो ।

    ब्वाइफ्रेन्ड र डाक्टरको मिलेमतोमा शिशुलाई गायब गरिएको भन्दै उनले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छन् । उनले साउन ३२ गते जाहेरी दिएपछि प्रहरीले प्रसूति गराउन ल्याउने ब्वाइफ्रेन्ड भोजपुर हतुवागढीका गोविन्द राई र उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णलाई पक्राउ गरेको छ ।

    डाक्टर कर्ण भने बिरामी भएर अस्पताल भर्ना भएका कारण थप विवरण आइ नसकेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

    विराटनगरस्थित ग्रीनक्रस हस्पिटल विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको हो । राई भने २६ वर्षीय ती किशोरीका प्रेमी हुन् । असार १३ गते किशोरीले ग्रीनक्रस हस्पिटलमा नवजात शिशु (छोरी)लाई जन्म दिएकी थिइन् । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    दुई जनाबिचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई उपचारका लागि भन्दै विराटनगर लिएर आएका थिए । सुरुमा उनले ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लगेका थिए । उक्त क्लिनिक डाक्टर कर्णको हो । कर्णले नै ती युवतीलाई ग्रीन क्रस अस्पतालमा भर्ना गर्न भनेका थिए । सोही अनुसार किशोरीका प्रेमी गोविन्दले ३५ हजार रुपैयाँ दिएर प्रसूति गराएका थिए ।

    उनीहरुबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिएको बताइएको छ । तर, गोविन्दको बयान लिएको प्रहरीले डाक्टर कर्णको भने बयान लिन सकेको छैन । ‘डाक्टर साव बिरामी भएर अस्पतालमा भर्ना हुनुभएकाले थप अनुसन्धान हुन पाएको छैन,’ डीएसपी दाहालले भने, ‘उहाँको अवस्था सामान्य भएपछि हामी थप सोधपुछ गर्छौं ।’

    प्रहरीलाई गोविन्दले आफूले शिशु नलिएको बयान दिएका छन् । अस्पताल प्रशासनले भने अभिभावकलाई नै बच्चा जिम्मा लगाएको जनाएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।

    ‘बच्चा बिना नै टेम्पोमा राखेर उहाँ(गोविन्द)ले मलाई इटहरी पुर्याउनुभयो । बसपार्क छेउको होटलमा कोठा लिएर राख्नु भयो । बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो । दुई दिनपछि (असार १६ गते) मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनु भयो । त्यसपछि फर्किएर आउनु भएन । होटलको नाम मलाई थाहा छैन,’ युवतीले भनिन् ।

    होटलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको युवतीले प्रहरीलाई बताएकी छन् ।

    ‘मैले जिउँदै बच्चा जन्माएकी हुँ । छोरी जन्मिएको भनेर नर्सहरुले भने । पछि डिस्चार्ज गर्दा बच्चा दिएनन् । गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाएजस्तो लाग्यो,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन । अस्पतालबाटै गायब बनाइयो । सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परेँ । धेरै पीडा सहेर बसेँ ।’

    बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको गुनासो उनको छ ।

    होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । ‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी ब्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ उनले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन् ।’

    उनका अनुसार बच्चा कहाँ पु¥याइयो भन्ने खुल्न बाँकी छ । ‘दुवै जना(चिकित्सक र गोविन्द)लाई सँगै राखेर सोधपुछ गर्न पाए वास्तविकता खुल्ने थियो,’ दाहाल भन्छन्, ‘चिकित्सक उपचाररत अवस्थामा रहेकाले त्यो सम्भव भइरहेको छैन ।’

    पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।  अस्पतालका अध्यक्ष कृष्ण खवासले अस्पतालमा ९ सय ५० ग्रामको बच्चा जन्मिएको बताए । ‘सामान्य प्रसूतिमार्फत बच्चा जन्मिएको हो । तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचार गर्नसक्ने अवस्था भएन,’ उनले भने, ‘एनआईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएकाले ग्रीनक्रसबाट रेफर गरियो । सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर बच्चा अभिभावकलाई नै जिम्मा लगाएका हौँ ।

    Video source: Abhiyan Tv

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.