३ भदौ २०८० पोखरा ।
पोखरा-४ महेन्द्रपुल स्थित रहेको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २५ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन हिजो भदौ २ गते शनिबार पोखरा-६ बैदाम स्थित होटल बाराहीमा सम्पन्न भएको छ । २०५६ सालमा स्थापना भएको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २५ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन संस्थाका अध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा र गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्री माननीय जीत प्रकाश आलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष इन्द्र अर्यालको स्वागतमा र संस्थाको महासचिव बुद्धि बहादुर कुवंरको सञ्चालनमा भएको उक्त कार्यक्रममा विशिस्ट अतिथिको रुपमा पोखरा-४ का वडा अध्यक्ष देब कृष्ण पराजुलीको उपस्थिति रहेको थियो । यसैगरी संस्थाको मानार्थ सदस्य सुदिप ढकाल, पोखरा उद्योग बाणिज्य संघका महासचिव बल राम आचार्यको पनि विशेष उपस्थिति रहेका थिए । यसैबीच संस्थाका अध्यक्ष केशव बहादुर खत्रीलाई सेवा पदकबाट, महासचिव बुद्धि बहादुर कुवंरलाई र सदस्य मनोहरी पौडेललाई रजत पदकबाट सम्मान गरेका छन भने पुराना व्यवसायीहरुलाई साथै एस ई ई र प्लस २ उतिर्ण विधार्थीहरुलाई पनि सोही समारोह बीच सम्मान गरेका छन ।
यसरी हिजो सम्पन्न बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको १३ औं अधिवेशनबाट संस्थाका निवर्तमान उपाध्यक्ष इन्द्र राज अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएका छन । यसैगरी उपाध्यक्षमा संस्थाका निवर्तमान महासचिव बुद्धि बहादुर कुवंर, महासचिवमा राजु केसी, सचिवमा सिंगापुर इन्टरप्राइजेजको सञ्चालक थमन सिङ गुरुङ, कोषाध्यक्षमा शान्ति श्रेष्ठ जोशी निर्वाचित भएका छन । भने सदस्यहरुमा मनोहरी पौडेल, ए एन मोनालिसा पुजा सामाग्री भण्डारकी सञ्चालिका इन्द्र माया गुरुङ, कृष्ण कुवंर, प्रेम आचार्य, अनु थापा र लक्षमण आचार्य रहेका छन ।
श्रोत: इन्द्र माया गुरुङ (ए एन मोनालिसा शपिङ सेन्टर बुद्ध विशाल बजार)
नव निर्वाचित कार्यसमितिका अध्यक्ष ज्यू, पदाधिकारी ज्यूहरु लगायत सदस्य ज्यूहरुमा धेरै धेरै बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।