• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्रकार विमलको गोली हानी हत्या


  •    संवाददाता/ शनिबार, भदौ ०२, २०८०  

  • नेपालको सिमाना नजिकै भारतको बिहारमा एक युवा पत्रकारको हत्या गरिएको छ । अपराधीहरूले शुक्रबार दैनिक जागरणका स्थानीय संवाददाताको हत्या गरेका हुन । बिहारको अररिया रानीगञ्ज बस्ने पत्रकार विमल मण्डललाई बिहान घरमै पुगेर अपराधहरूले गोली हानेका हुन। मण्डल घरमै सुतिरहेको अवस्थामा ‘ विमल भैया, विमल भैया’ भन्दै डाकेर घरबाट बाहिर निस्कने क्रममा अपराधीहरूले छातीमा गोली हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गोली लागे पछि मण्डललाई छरछिमेकी सहयोगमा विमलकी पत्नीले अस्पताल पुर्‍याउनु भएको थियो। तर अस्पताल पुग्नु अघिनै विमलको मृत्यु भएको छ ।

    पाँच वर्ष अगाडि विमल मण्डलको सरपञ्च दाजुको पनि हत्या भएको थियो र विमल त्यसको एक मात्र साक्षी भएको विहार पुलिसले जनाएको छ। विमलको दाजुको हत्याको सुनवाइ भइरहेको र अर्को साता विमलको बयान लिने योजना थियो। लामो समयदेखि विमललाई बयान नदिन धम्काइएको पनि समाचारहरूमा जनाइएको छ।

    बिहारमा पत्रकार माथि आक्रमणको घटनाले चिन्तित बनाएको दैनिक जागरण मुजफ्फरपुरका पत्रकार अमरेन्द्र तिवारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘विगतको एक वर्षमा क्रमबद्ध रूपमा पत्रकारहरू अपराधीहरूको तारो बन्दै गएका छन्। सीतामढीका अजय विद्रोहीको हत्या, छपराको महराजगञ्ज र बैशाली लगायतका ठाउँमा पत्रकार माथिको आक्रमणको घटनाले स्वतन्त्र पत्रकारितालाई ठुलो चुनौती उत्पन्न गरेको छ ।’ मण्डलको हत्याको पत्रकारहरूका विभिन्न संघ सङ्गठनहरूले विरोध गर्दै अपराधीहरूलाई अविलम्ब कार्यवाही गर्न माग गरेका छन् ।

    मिडिया फार बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी पीडित परिवारको सुरक्षा, २५ लाख क्षतिपुर्ती र मृतक मण्डलका सन्तानलाई सरकारी खर्चमा अध्ययन अध्यापनको व्यवस्था मिलाउन बिहार सरकारसँग माग गरको छन । विगत एक वर्षमा बिहारमा पत्रकार माथिको आक्रमणको क्रमले सञ्चार जगतलाई चिन्तित बनाएको छ ।आधा दर्जन भन्दा बढी पत्रकारहरू अपराधीहरूको तारो बनेको दैनिक जागरण मुजफ्फरपुरका पत्रकार एवम् मिडिया फर बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारीले  बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.