• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नियमित हवाई सेवा नहुँदा एक महिनामा चार जना बालकले ज्यान गुमायो

"नियमित हवाई सेवा नहुँदा एक महिनामा चार जना बालकले ज्यान गुमायो  "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०१, २०८०  

  • नियमित हवाई सेवा नहुँदा थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसक्दा एक महिनामा चार जना बालकले ज्यान गुमाउन पुगेका छन । हुम्लामा पछिल्लो समय हवाई सेवा प्रभावित भएपछि समयमा स्तरीय अस्पतालमा पुर्याउन नसक्दा चार बालकको ज्यान गएको परिवारहरूले आरोप लगाएका छन ।

    नेपाल नागरिक उड्यन प्राधिकरणले हिमाली जिल्लामा साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लगाएपछि हुम्लामा हवाई सेवा प्रभावित भएको छ । यो समय हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमअनुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामी लगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्ने व्यक्तिहरू बढी समस्यामा परेका छन ।

    जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर भएका सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिनाका छोरा इमरान सुनारलाई समयमा स्तरीय अस्पतालमा पुर्याउन नसक्दा उनको मृत्यु भएको सुरज सुनारले बताउनु भयो ।

    बालकलाई निमोनिया, झाडापखाला र जटिल खाले संक्रमण भएपछि अस्पतालले साउन १८ गते जिल्लाबाहिर रिफर गरेका थियो । त्यसयता हवाई सेवा अवरुद्ध भएकाले थप उपचार गर्न नपाउँदा बालकको साउन २६ गते मृत्यु भएको थियो । त्यसैगरी साउन १८ गते जिल्ला अस्पतालमा भर्ना भएका सिमकोट गाउँपालिका–७ स्थित ग्वालेखोरकी लालकला शाहीका ६ महिनाका छोरा रोहितको साउन २४ गते मृत्यु भएको थियो । रोहितलाई अस्पतालले जिल्लाबाहिर रिफर गरेको थियो ।

    त्यस्तै, अस्पतालले उपचारका लागि जिल्लाबाहिर रिफर गरेका खार्पुनाथ गाउँपालिका–१ का १७ महिनाका आर्यन परियारको साउन ७ गते मृत्यु भएको थियो भने चंखेली गाउँपालिका–४ का पाँच वर्षीय बालक सन्देश लुवारको पनि उपचार अभावमा मृत्यु भएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनु भयो । उहाँका अनुसार जिल्ला अस्पतालमा स्रोतसाधन अभाव र समयमा हवाई उडान नभएकै कारण चार जना बालबालिकाहरुको मृत्यु भएको हो ।

    सडक सञ्जालले नजोडिएको हुम्ला जिल्लामा नियमित उडान नहुँदा बिरामीदेखि अन्य व्यक्तिलाई आवतजावतमा समस्या हुने गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनु भयो । हवाई सेवालाई सुचारु गर्न प्रयास गरिरहेको उहाँको भनाइ छ ।  प्राधिकरणले उडान पहिलेकै समयमा गर्ने आश्वासन दिएपनि अहिले सम्म कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.