• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नियमित हवाई सेवा नहुँदा एक महिनामा चार जना बालकले ज्यान गुमायो

"नियमित हवाई सेवा नहुँदा थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसक्दा एक महिनामा चार जना बालकले ज्यान गुमाउन "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०१, २०८०  

  • नियमित हवाई सेवा नहुँदा थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसक्दा एक महिनामा चार जना बालकले ज्यान गुमाउन पुगेका छन । हुम्लामा पछिल्लो समय हवाई सेवा प्रभावित भएपछि समयमा स्तरीय अस्पतालमा पुर्याउन नसक्दा चार बालकको ज्यान गएको परिवारहरूले आरोप लगाएका छन ।

    नेपाल नागरिक उड्यन प्राधिकरणले हिमाली जिल्लामा साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लगाएपछि हुम्लामा हवाई सेवा प्रभावित भएको छ । यो समय हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमअनुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामी लगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्ने व्यक्तिहरू बढी समस्यामा परेका छन ।

    जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर भएका सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिनाका छोरा इमरान सुनारलाई समयमा स्तरीय अस्पतालमा पुर्याउन नसक्दा उनको मृत्यु भएको सुरज सुनारले बताउनु भयो ।

    बालकलाई निमोनिया, झाडापखाला र जटिल खाले संक्रमण भएपछि अस्पतालले साउन १८ गते जिल्लाबाहिर रिफर गरेका थियो । त्यसयता हवाई सेवा अवरुद्ध भएकाले थप उपचार गर्न नपाउँदा बालकको साउन २६ गते मृत्यु भएको थियो । त्यसैगरी साउन १८ गते जिल्ला अस्पतालमा भर्ना भएका सिमकोट गाउँपालिका–७ स्थित ग्वालेखोरकी लालकला शाहीका ६ महिनाका छोरा रोहितको साउन २४ गते मृत्यु भएको थियो । रोहितलाई अस्पतालले जिल्लाबाहिर रिफर गरेको थियो ।

    त्यस्तै, अस्पतालले उपचारका लागि जिल्लाबाहिर रिफर गरेका खार्पुनाथ गाउँपालिका–१ का १७ महिनाका आर्यन परियारको साउन ७ गते मृत्यु भएको थियो भने चंखेली गाउँपालिका–४ का पाँच वर्षीय बालक सन्देश लुवारको पनि उपचार अभावमा मृत्यु भएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनु भयो । उहाँका अनुसार जिल्ला अस्पतालमा स्रोतसाधन अभाव र समयमा हवाई उडान नभएकै कारण चार जना बालबालिकाहरुको मृत्यु भएको हो ।

    सडक सञ्जालले नजोडिएको हुम्ला जिल्लामा नियमित उडान नहुँदा बिरामीदेखि अन्य व्यक्तिलाई आवतजावतमा समस्या हुने गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनु भयो । हवाई सेवालाई सुचारु गर्न प्रयास गरिरहेको उहाँको भनाइ छ ।  प्राधिकरणले उडान पहिलेकै समयमा गर्ने आश्वासन दिएपनि अहिले सम्म कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.