कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते (आइतबार) विश्वासको मत लिने भएका छन् ।
उनले भदौ ३ गते आइतवार विश्वासको मत लिनका लागि सचिवालयमा निवेदन समेत दिएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिनका लागि कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधनसहितको नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत लिनका लागि निवेदन दिएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।
उनको विपक्षमा एमालेका ३९ ९उपसभामुख बाहेक० र राप्रपाका ६ जना सांसद छन् ।