• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, मङि्सर २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाढीले क्षति पुगेको बारागुङकोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द

"बाढीले क्षति पुगेको बारागुङकोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०१, २०८०  

  • कागबेनीमा साउन २८ गते राती आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । बाढीले भवनलगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएकोले पठनपाठन बन्द भएको शिक्षक प्रेम गौतमले बताउनुभयो ।

    १ सय ९० जना विद्यार्थीहरु आवासीय सुविधा सहित अध्ययन गर्ने जनशान्ति माध्यमिक विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्रावास भवनमा क्षति पुगेपछि पठनपाठन अवरुद्ध भएको हो । गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमेश गुरुङले विद्यार्थीको पठनपाठन कहिलेबाट गर्ने कुनै टुंगो नरहेको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिले बैठक बसेर २०८० भदौ ८ गते सम्म विद्यालयमा पठन पाठन गर्न सक्ने अवस्था नरहेकोले उक्त समय सम्म बिदा दिने र त्यस पछि अन्य विकल्पको बारेमा विचार गर्ने जानकारी दिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।

    भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ, आवासीय रूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विधुत, खाद्यान्न र आवासको पूर्ण व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन प्रवक्ता गुरुङले भन्नुभयो । बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन समेत भत्काएको छ ।

    कागखोलामा आएको बाढीले जनशान्ति माध्यमिक विद्यालय, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ४ नम्बर वडा कार्यालय, प्रहरी चौकी, बैंक, धर्मशाला, गुम्बा, मन्दिर, सडक, पक्की पुल, झोलुङ्गे पुल तथा काठको अस्थायी पुल बगाएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.