• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाढीले क्षति पुगेको बारागुङकोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द

"बाढीले क्षति पुगेको बारागुङकोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०१, २०८०  

  • कागबेनीमा साउन २८ गते राती आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । बाढीले भवनलगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएकोले पठनपाठन बन्द भएको शिक्षक प्रेम गौतमले बताउनुभयो ।

    १ सय ९० जना विद्यार्थीहरु आवासीय सुविधा सहित अध्ययन गर्ने जनशान्ति माध्यमिक विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्रावास भवनमा क्षति पुगेपछि पठनपाठन अवरुद्ध भएको हो । गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमेश गुरुङले विद्यार्थीको पठनपाठन कहिलेबाट गर्ने कुनै टुंगो नरहेको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिले बैठक बसेर २०८० भदौ ८ गते सम्म विद्यालयमा पठन पाठन गर्न सक्ने अवस्था नरहेकोले उक्त समय सम्म बिदा दिने र त्यस पछि अन्य विकल्पको बारेमा विचार गर्ने जानकारी दिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।

    भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ, आवासीय रूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विधुत, खाद्यान्न र आवासको पूर्ण व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन प्रवक्ता गुरुङले भन्नुभयो । बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन समेत भत्काएको छ ।

    कागखोलामा आएको बाढीले जनशान्ति माध्यमिक विद्यालय, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ४ नम्बर वडा कार्यालय, प्रहरी चौकी, बैंक, धर्मशाला, गुम्बा, मन्दिर, सडक, पक्की पुल, झोलुङ्गे पुल तथा काठको अस्थायी पुल बगाएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.