• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

उपप्रमुखलाई पाखा लगाउँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी


  •    संवाददाता/ बिहिबार, साउन ३२, २०८०  

  • झापाकाे शिवसताक्षी नगरपालिकामा आफू जापान जाने भएपछि नगर प्रमुखले वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।

    नगर प्रमुख मेगाहाङ थोप्रा ‘रोशन’ले वडा नम्वर ४ का वडाध्यक्ष विष्णु प्रसाईंलाई कार्यवाहकको जिम्वेवारी दिनुभएको हो। उहाँले वडाध्यक्ष प्रसाईंलाई लिखित रुपमा कार्यवाहक भई काम गर्न भन्दै सात दिनसम्मका लागि नगरप्रमुखको जिम्मेवारी सुम्पिनुभएको हो।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई लत्याउँदै नगरप्रमुख थोप्राले वडाअध्यक्ष प्रसाईंलाई कार्यवाहकको जिम्मेवारी दिएसँगै नगर उपप्रमुख नरमाया कार्कीसमेत चकित बन्नुभएको छ। ‘ऐनको परिच्छेद ३ को १२ मा नगर प्रमुख वा अध्यक्ष सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन सक्ने उल्लेछ छ,’– उपप्रमुख कार्कीले भन्नुभयो ‘म हुँदाहुँदै अध्यक्षज्यूले कार्यवाहक किन वडाध्यक्ष ज्यूलाई दिनुभयो म आफैं अचम्ममा परेकी छु।’

    शिवसताक्षी नगरपालिकामा जापान सरकारद्वारा सञ्चालित ‘जाइका’ नामक कृषि परियोजना सञ्चालनमा छ। सोही क्रममा जापानको कृषि प्रणाली अवलोकनका लागि नगर प्रमुख थोप्रा जापान जाने भएपछि नगरको कार्यवाहक जिम्वेवारी वडाध्यक्ष प्रसाईंलाई दिइएको हो। साउन ३१ गतेदेखि लागू हुने गरी भदौ ५ गतेसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएसँगै नगर प्रमुख थोप्रा कार्यलयमा अनुपस्थित हुनुहुन्छ। तर, नगरप्रमुखको कुर्सीमा वडाध्यक्ष बसेसँगै शिवसताक्षी नगरपालिकामा खैलाबैला मच्चिएको छ।

    नगरप्रमुख थोप्राले प्रसाईंलाई कार्यवाहक दिएको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, मालपोत कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय दमक, नापी कार्यालय भद्रपुर-दमक, जनताको तटबन्धन कार्यालय गैडेलाई दिइको छ।

    यसबारे उपप्रमुख कार्कीले अनभिज्ञता प्रकट गर्नुभयो। ‘नगरप्रमुखज्यूले त्यसो नगर्नुभएको भए हुन्थ्यो। म उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कुन आधारले उहाँले जिम्वेवारी दिनुभयो त्यो त म जान्दिनँ। अहिले यसको उत्तर दिँदादिँदा थाकिसकेँ,’ उहाँले भन्नुभयो, ‘हामीबीच हालसम्म कार्यसम्पादनमा कुनै विवाद र समस्या छैन। तर उहाँले किन त्यसो गर्नुभयो मैले सोधेकी छैन।’

    शिवसताक्षी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद नेकपा एमालेले जितेको हो। तर, प्रमुख र उपप्रमुखबीच के कुरामा बेमेल भयो सो भने खुल्न नसकेको स्थानीयले बताउँदै आएका छन्। उनीहरुबीचको बेमेलका कारण उपप्रमुखलाई जिम्मेवारी नदिई वडाध्यक्षलाई दिनुले नगरप्रमुख र उपप्रमुखबीचको बेमेल छताछुल्ल भएको स्थानीयको भनाइ छ।

    यता नगरप्रमुख थोप्राले आफू केही समयका लागि मात्रै बाहिर रहने भएकाले वडाध्यक्षलाई जिम्मेवारी दिएको बताएका छन्। ‘नियमअनुसार मिल्दैनथ्यो,’ नगर प्रमुख थोप्राले भन्नुभयो ‘बीचमा केही समस्या भए म फोनबाट भए पनि ‘विथड्र’ गर्छु।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.