• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आयोग बन्न नदिएर सरकारले ३९ किलो सुन गायब बनाएको ओलीको आरोप


  •    संवाददाता/ बिहिबार, साउन ३२, २०८०  

  • नेकपा एमालेका अध्यक्ष केपी ओलीले निष्पक्ष आयोग बन्न नदिएर सरकारले ३९ किलो सुन गायब बनाएको आरोप लगाएका छन् । पार्टी निकट उद्योग विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा ओलीले, सरकारले आयोग बन्न नदिएर एक क्वीन्टल सुन ६१ किलोमा झार्न सफल भएको आरोप लगाए ।

    ‘दिनमा एउटा आईटममा एक क्वीन्टलका दरले आएको देखियो । ३३ पल्ट त त्यही नाउँमा ब्रेक शुका नाममा आएको देखियो । एक दिन वाध्यता पर्यो कतैबाट समातियो । ४ सय ग्राम ब्रेक शुको वेट तर त्यो ब्रेक शु साढे ९ सय ग्राम त्यहाँ ५ सय ग्राम, त्यहाँ सुन छ । सय केजी ६१ किलोम झर्यो ।’ उनले भने ‘एक क्वीन्टल भनिएको । यति दिनसम्म आयोग बन्न नदिएर गरिएको काम के भने सय केजीबाट ६१ म झर्यो । यतिन्जेल सम्म आयोग बन्न नदिएर अहिलेसम्मको सफलता भनेको ६१ मा त झरिसक्यो । ’

    ओलीले सरकारले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको टिप्पणी समेत गरेका छन् । सांसद सुनिल शर्माको गिरफ्तारी नाङ्लो ठटाउने सरकारी प्रयास भएको उनले दाबी गरे ।

    उनले भने ‘एउटा सिटिङ एमपी त्यसमापनि गठबन्धनको एमपीलाई समातेर दुनियाँलाई तर्साउन खोज्या होइन् यो ? नाङ्लो ठटाएर हात्ती तर्साउने भन्छन् नी । यो नाङ्लो ठटाएको हो, सुनिल शर्माको गिरफ्तारी । ’

    सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । ‘तर्सथ सरकार यस्तै छ । यो सरकार राम्रो काम केही गरिराख्या छैन् । ’

    दिनभरी ऋण खोजेर चुलो बाल्नेले उद्योग खोल्न नसक्ने भन्दै सरकारले मुलुकको आर्थिक अवस्था कमजोर बनाउँदै लगेको आरोप लगाए ।

    सरकारले आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेको भन्दै अलि पछि के गर्ला भन्दै चिन्ता व्यक्त गरे ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.