• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वास्थ्यकर्मीको लापरवाहीले सृजनाको ज्यान गयो

"३५ लाख क्षतिपूर्ति "

  •    संवाददाता/ बिहिबार, साउन ३२, २०८०  

  • झापाकाे बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाहीले बिरामीको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएकी सृजना संग्रौलाको मृत्यु भएको छ । उनको बुधवार अपरान्ह ३:४० मा मृत्यु भएको बिर्तासिटी अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिनुभयो ।

    बिर्तामोड १ स्थित २७ वर्षीया संग्रौलालाई प्रसूति गराउन गत साउन २७ गते मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भए लगत्तै सृजनाको शल्यक्रियापछि शिशु (छोरी) निकालिएको थियो । तर, शल्यक्रियाको एक घण्टापछि उच्च रक्तचापका कारण सृजनाको ब्रेन ह्यामरेज भएर त्यहाँ उपचार सम्भव नभएसँगै सृजनालाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल रिफर गरिएको थियो ।

    यता सृजनाको शल्यक्रिया गर्ने चिकित्सक डा. एकराज गौतमको लापरवाहीका कारण सृजनाको उच्च रक्तचापसँगै ब्रेन ह्यामरेज भएको भन्दै डा गौतमलाई कारवाहीको माग सहित सोमबार र मंगलबार मनमोहन अस्पतालमा उनका आफन्तले आन्दोलन चर्चाएका थिए ।

    सृजनालाई मृत्युशय्‍यामा पुर्‍याएको भन्दै उनका आफन्तले आन्दोलन चर्काएसँगै पीडित परिवार र अस्पताल प्रशासनबीच ३५ लाख रुपैयाँ लिने सहमति पछि आन्दोलन स्थगित भएको थियो । सृजना सोही अस्पतालको एनआईसीयू वार्डमा कार्यरत नर्स भएको र उनको उपचार तथा नवजात शिशुको शिक्षा र स्वास्थ्यका लागि अस्पतालले ३५ लाख रुपैयाँ दिने सहमति गरेको थियो ।

    सृजनाले यस अघि बिर्तासिटी अस्पतालमा पनि आईसीयू वार्डमा लामो समय काम गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.