• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वास्थ्यकर्मीको लापरवाहीले सृजनाको ज्यान गयो

"३५ लाख क्षतिपूर्ति "

  •    संवाददाता/ बिहिबार, साउन ३२, २०८०  

  • झापाकाे बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाहीले बिरामीको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएकी सृजना संग्रौलाको मृत्यु भएको छ । उनको बुधवार अपरान्ह ३:४० मा मृत्यु भएको बिर्तासिटी अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिनुभयो ।

    बिर्तामोड १ स्थित २७ वर्षीया संग्रौलालाई प्रसूति गराउन गत साउन २७ गते मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भए लगत्तै सृजनाको शल्यक्रियापछि शिशु (छोरी) निकालिएको थियो । तर, शल्यक्रियाको एक घण्टापछि उच्च रक्तचापका कारण सृजनाको ब्रेन ह्यामरेज भएर त्यहाँ उपचार सम्भव नभएसँगै सृजनालाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल रिफर गरिएको थियो ।

    यता सृजनाको शल्यक्रिया गर्ने चिकित्सक डा. एकराज गौतमको लापरवाहीका कारण सृजनाको उच्च रक्तचापसँगै ब्रेन ह्यामरेज भएको भन्दै डा गौतमलाई कारवाहीको माग सहित सोमबार र मंगलबार मनमोहन अस्पतालमा उनका आफन्तले आन्दोलन चर्चाएका थिए ।

    सृजनालाई मृत्युशय्‍यामा पुर्‍याएको भन्दै उनका आफन्तले आन्दोलन चर्काएसँगै पीडित परिवार र अस्पताल प्रशासनबीच ३५ लाख रुपैयाँ लिने सहमति पछि आन्दोलन स्थगित भएको थियो । सृजना सोही अस्पतालको एनआईसीयू वार्डमा कार्यरत नर्स भएको र उनको उपचार तथा नवजात शिशुको शिक्षा र स्वास्थ्यका लागि अस्पतालले ३५ लाख रुपैयाँ दिने सहमति गरेको थियो ।

    सृजनाले यस अघि बिर्तासिटी अस्पतालमा पनि आईसीयू वार्डमा लामो समय काम गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.