• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुल भाँचिएपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित


  •     अभियान हाम्रो/ बुधबार, साउन ३१, २०८०  

  • महाकाली नगरपालिका वडा नम्बर २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय, पण्डारोमा अध्ययनरत विद्यार्थीको पठनपाठान प्रभावित भएको छ बाढीका कारण लाक्लु खोलामा निर्माण गरिएको काठेपुल बगाएको भए पनि क्षतिग्रस पुलको पुनर्निर्मिण हुन नसकेपछि आवगजावत गर्न नसकिने भएकोले विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको हो ।

    शिशु कक्षादेखि ३ कक्षासम्मका २४ जना विद्यार्थी भुवेनेश्वरी विद्यालयमा अध्ययनरत छन् । खोलामा लगाएको काठेपुल बगाएपछि डुङ्गरी लगायतका बस्तीबाट जाने विद्यार्थी विद्यालय जान नसकेको विद्यालयका शिक्षक पदमसिंह खत्रीले जानकारी दिनुभयो । खोलावारिका विद्यार्थी विद्यालय जान पाएका छैनन् । शिक्षक पनि माथिबाट घुमेर विद्यालय पुग्नुपरेको छ ।

    विद्यार्थी आउन नसक्दा विद्यालयको पठनपाठन समेत प्रभावित भएको उहाँले बताउनु भयो । उस्तै पनि थोरै विद्यार्थी छन्, उहाँले भन्नु भयो, पुल बगाएपछि झन विद्यार्थी घटेका छन् ।

    photo20230815darchula (1)

    ०७९ भदौ २४ गते आएको बाढीका कारण बगाएको भुवेनेश्वरी विद्यालय भवन गत असारमा निर्माण सम्पन्न गरिएको थियो । यसअघि विद्यार्थीले झण्डै एक वर्ष त्रिपालमा बसेर अध्ययन गरेका थिए । त्रिपालमुनि कलिला बालबालिका भविष्य खोज्दै भनेर इन्सेक अनलाइनमा यसअघि फिचर समाचार प्रकाशित भएको थियो ।

    अहिले विद्यालय भवन बनेपछि विद्यार्थीको लागि केही राहत भएको विद्यालयका प्रधानाध्यापक रामसिह धामीले बताउनु भयो ।  यो विद्यालय महाकाली नगरपालिकाको वडा नम्बर १, २ र ३ को केन्द्र भागमा पर्छ । अहिले पनि तीन ओटै वडाबाट विद्यार्थी यहाँ अध्ययन गर्ने गर्छन् ।विद्यालयमा दुई जना स्थायी, एक जना शिशु कक्षामा अध्ययन गराउने गरी शिक्षक राखिएको छ । बाढीका कारण यहाँका गाउँमा जाने अधिकांश काठेपुल बगाएको छ ।

    लास्कु खोलाकै कारण महाकाली नगरपालिका वडा नम्बर १ र ४ जोड्ने लास्कुखोलाको काठेपुल समेत बगाएको छ । गत असारमा महाकाली नगरपालिकाले निर्माण गरेको काठेपुल बगाएपछि श्रीवगड, धम्पनेरा, लास्कु छापरी लगायतका ठाउँबाट आउने विद्यार्थीलाई समस्या भएको अमटिकर पब्लिक स्कुलका प्रधानाध्यापक प्रवेश प्रताप ऐतवालले बताउनु भयो ।

    लास्कुदेखि सेलासम्म निर्माण गरिएका बिभिन्न स्थानका काठेपुल लास्कुखोलाले बगाएका कारण स्थानीयहरुले सास्ती खेप्नु परेको वडा नम्बर २ का प्रकाश नगालले जानकारी दिनु भयो । नगरपालिकाले गत असारमा निर्माण गरेका काठेपुल बाढीले बगाएपछि स्थानीयलाई दैनिक तरकारी बजारसम्म ल्याउन पनि समस्या भएको उहाँले बताउनु भयो ।

    काठेपुल बगाएको ठाउँमा अहिलेलाई वैकल्पिक रुपमा अस्थायी काठेपुल मर्मतको काम भइरहेको वडा नम्बर २ का वडाध्यक्ष एवम् नगर प्रवक्ता शङ्कर डोबालले बताउनु भयो । बाढीले धेरै ठाउँमा काठेपुल बगाएकोले तत्काललाई काठेपुल निर्माणको लागि पछि भुक्तानी हुने गरी काम गर्न स्थानीयलाई आग्रह गरिएको उहाँले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.