• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुल निर्माण नहुँदा ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र विद्यालय जाने बालबालिकाहरु थप जोखिम

"भागेश्वर गाउँपालिका–५ चुल्ल र सिराड जोड्ने सिराड खोलामा पुल नहुँदा यस क्षेत्रका स्थानीय ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य "

  •     अभियान हाम्रो/ बुधबार, साउन ३१, २०८०  

  • भागेश्वर गाउँपालिका–५ चुल्ल र सिराड जोड्ने सिराड खोलामा पुल नहुँदा यस क्षेत्रका स्थानीय ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य भएका छन् । खोलामा पुल निर्माण नहुँदा यस क्षेत्रका ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र विद्यालय जाने बालबालिकाहरु थप जोखिममा रहेका छन् ।

    वर्षाको समयमा भर्गवती तथा सुत्केरीहरुलाई अस्पताल लैजना समस्या हुने गरेको स्थानीय जानकी भट्टले गुनासो गर्नु भयो । ‘पुल छैन्, खोलामाथि ओहोरदोहोर गर्न काठे पुल बनाएका छौँ । त्यसबाट खस्यो भने ज्यानै जाने सम्भावना छ,’ उहाँले भन्नु भयो । वर्षातको समयमा विद्यार्थीलाई पठनपाठन गर्नका लागि अर्को विद्यालयमा जान समेत असहज हुने गरेको छ ।

    कक्षा ८ सम्म चुल्ल गाउँमै भागेश्वर आधारभूत विद्यालय भए पनि मावि तहको शिक्षा अध्ययनका लागि यहाँका विद्यार्थीहरूलाई सरस्वती मावि बागरकोट वा सारदा मावि सिराड जानुपर्ने विद्यार्थीहरु वर्षातको समयमा विद्यालय जान बन्द गर्नु पर्ने बाध्यता छ । खोलामा पुल नहुँदा विद्यालय जानुअघि आकास हेरेर आफ्ना नानीबाबुलाई विद्यालय पठाउने गरेको स्थानीय जानकीदेवी लोहारले बताउनु भयो । ‘कति दिन त हाम्रा नानीबाबु उतै थुनिएका छन् । वर्षामा झरी परिरहन्छ । कतिबेला खोला उर्लिएर आउँछ थाहै हुदैन् । स्कुल गएका छोराछोरी घरमा नपुगुन्जेलसम्म बाटो कुरेर बस्ने गरेका छौं,’ उहाँले भन्नु भयो ।

    खोलामा पुल नहुँदा विद्यार्थीहरू नियमित विद्यालय जानबाट वञ्चित हुनु परेको र वर्षातको समयमा नियमित स्कुल जान नसकेको कारण पढाई कमजोर हुँदै गएको विद्यार्थी मुकुन्द भट्टले बताउनु भयो । सिराड गाडमा पुल बन्न नसकेका कारण नागरिकको ज्यान नै जाने अवस्था सृजता भएको र सिफारिसहरु लिनका लागि डिराडका स्थानीयहरुले जोखिम मलोर जानु पर्ने बाध्यता भए पनि सरकारले ध्ययन नदिएको स्थानीय राम भट्टले गुनासो गर्नु भयो ।

    सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले सिराड खोलामा पुल नहुँदा यस ठाउँका नागरिकले धेरै समस्या झेल्दै आउनु भएकोले पुल निर्माण गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्ने बताउनु भयो । भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले सिराड खोलामा यस वर्षको बजेटबाट झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.