• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह


  •     अभियान हाम्रो/ बुधबार, साउन ३१, २०८०  

  • राष्ट्रिय मानव अधिकार आयोगले देशव्यापी रुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा असर परेको भन्दै नागरिकको स्वास्थ्य अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।

    आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले ०८० साउन ३१ गते जारी गरेको विज्ञप्तिमा पछिल्लो एक महिनामा बिरामीहरूको सङ्ख्या तीव्ररुपमा बढिरहेको अवस्थामा रोगको नियन्त्रण तथा रोकथामका लागि जिम्मेवार निकायहरू संवेदनशील हुन नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको, तीन तहका सरकारबीच प्रभावकारी समन्वयमार्फत डेङ्गु फैलाउने लामखुट्टको लार्भा ‘खोज र नष्ट’ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने कार्यमा सरकारको ध्यान जान नसकेको जस्ता विषयहरूमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमार्फत आयोगले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र एवम् नेपालको संविधानले व्यक्तिको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरेको, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा (१६) मा प्रत्येक स्वास्थ्य संस्थाले कुनै पनि रोगको सङ्क्रमण नहुने र रोक्नेतर्फ आवश्यक सुरक्षात्मक उपायको अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको, नेपाल पक्षराष्ट्र भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा १२ (ग) मा राज्यले प्रकोप, महामारी, पेशागत तथा अन्य रोगहरूको रोकथाम, उपचार तथा नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएकाले नागरिकका यी हकहरूको संरक्षण गर्नु राज्यको दायित्व हुने कुरालाई स्मरण गराएको छ ।

    आयोगको विज्ञप्तिमा भनिएको छ, ‘डेङ्गु सङ्क्रमणले महामारीको रुप लिनसक्नेतर्फ सचेत रहँदै नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्न एवम् जीवनको अधिकार सुनिश्चित गर्न, डेङ्गु फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्ने कार्यमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुन तथा डेङ्गु नियन्त्रण र रोकथामका लागि सरसफाई, जनचेतना लगायतका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गर्दछ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.