(आज) बुधवार बिहान नाै बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपियाँको चेक लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । इटहरीबाट खटिएको टोलीले लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
सोलार बत्ती जडान लगायतको योजनामा भुक्तानी गर्दा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा यादवद्वयलाई इटहरीको टोलीले राजविराज-३ बाट नियन्त्रणमा लिएको हो ।