१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा करैयामाई गाउँपालिका–४ का २६ बर्षीय पानालाल पसवान साउन ३० गते गिरफतार भएका छन् ।
पीडितका बुबाले आरोपितविरुद्ध ०७९ पुस १७ गते जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी दिनुभएको थियो। पीडित बालिका अनुसार आरोपितले विवाह गर्ने प्रलोभन देखाई ०७९ पुस १६ गते आफ्नै घरमा बोलाई बलात्कार गरेका थिए। पीडितको स्वास्थय परीक्षण पुस १७ गते प्रदेशिक अस्पताल कलैयामा भएको थियो ।
आरोपितलाई खोज तलास गर्ने क्रममा काठमाण्डौं महानगरपालिका–३ बसुन्धारामा लुकीछिपी बसेको अवस्थामा काठमाडौं महानगर प्रहरी टोलीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय बारा कलैयामा बुझाएको र घटना बारे थप अनुसधान भइ रहेको जिल्ला प्रहरी कार्यालय कलैयाका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।