• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कारागारमा कैदीमाथि कुटपिट भएको परिवारजनको आरोप


  •    संवाददाता/ बुधबार, साउन ३१, २०८०  

  • लागुऔषध मुद्दामा जिल्ला कारागार  कञ्चनपुरमा कैद सजाय भुक्तान गरिरहेका कैलाली जिल्ला गोदावरी नगरपालिका–५ गेटाका २४ वर्षीय सुवास भट्टमाथि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दीहरूले कुटपिट तथा धम्की दिने गरेको पीडित परिवारको आरोप छ ।

    कारागार भित्रै भट्टमाथि कुटपिट भएको भन्दै पीडित परिवारहरूले साउन २९ गते जिल्ला कारागार, कञ्चनपुर घेराउ गरेपछि बिवाद उत्पन्न भएको थियो ।

    कैदीबन्दीहरू मिलेर कुटपिट गर्ने र पासो देखाएर मारिदिन्छौँ भनेर धम्की दिने गरेकाले आफ्नो सुरक्षाका लागि पहल गरि दिन भनेर सुवासले फोन गरेपछि भेटघाटका लागि जिल्ला कारागार कञ्चनपुरमा जाँदा कारागार प्रशासनले भेटघाट गर्न नदिएको पीडितका दाजु किरण भट्टको आरोप छ ।

    ‘कैदीबन्दीले कुटपिट गर्ने, खान, सत्न नदिने, पैशा माग्ने र मार्ने धम्की दिने गरेको भनेर भाईले फोन ग¥यो । तीन / चार दिनमा मार्दैछन् । २० हजार रूपियाँ दिए म बाच्छु भनेर फोन गरेको थियो । त्यसपछि हामी भेट्न कारागार आयौँ । तर, भाइलाई भेटन् ्नै दिइएन् । असुरक्षित महसुस गरेर भाईलाई जेल स्थानान्तरण गर्न माग गरेका छौँ ।’ उहाँले भन्नु भयो– कैदी भाईका लागि सात महिनामा ५५ हजार रूपियाँ कारागारमा पठाएको र चौकीदार टेकराज जोशी र नाइके प्रकाश मल्लले सो रकम प्रयोग गर्ने गरेको उहाँको आरोप छ ।

    कारागारका चौकीदार र नाइकेले कैदीबन्दीबाट रकम असुल्ने गरेको कैदीबन्दीका आफन्तहरूको आरोप छ । भीमदत्त नगरपालिका–१३ बडैपुरकी कमला धामीले जिल्ला कारागार, कञ्चनपुरमा कैद भुक्तान गरिरहेका छोराले प्रत्येक महिना २÷३ हजार रूपियाँ माग्ने गरेको र भेटघाट गर्न जाँदा छोरालाई राम्रोसँग बोल्न नदिने गरेको दुखेसो पोख्नु भयो ।

    जिल्ला कारागार, कञ्चनपुरका चौकीदार टेकराज जोशीले अहिलेसम्म कुनै पनि कैदीबन्दीबाट रकम असुल्ने कार्य नभएको बताउनु भयो । कारागारका नाइके प्रकाश मल्लले अन्यत्र जेलमा जानका लागि सुवासले झुट्टो आरोप लगाएको र आफूहरूले कुटपिट तथा रकम असुल्ने कार्य नगरेको बताउनु भयो ।

    जिल्ला कारागारका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कसैले पनि कुटपिट नगरेको र कैदीबन्दीका आफन्तहरूलाई भेटघाट गर्न समेत दिएको बताउनु भयो ।

    उहाँले भन्नु भयो– ‘कारागारमा आउँदा अनुसाशित देखिएकाले सुवासलाई अशक्त र बिरामी राख्ने बल्कमा राखिएको थियो । हाल उहाँको व्यवहार ठिक नभएपछि बल्क परिवर्तन गरेउ । बल्क परिवर्तन गरको भन्दै अनावश्यक सूचनाहरू परिवारमा पुगाएर विवाद उत्पन गरेका हुन् ।’

    आफूलाई कुटपिट भएको भन्दै कैदी सुवासले परिवारका सदस्यलाई जानकारी गराएको र उहाँको स्वास्थ्य परीक्षण गर्दा कुटपिट गरिएको नदेखिएको कारागारका अहेब भानदेव जोशीले बताउनु भयो ।

    कैदीबन्दीले एक अर्कासँग रकम असुल्ने गरेको भन्ने सम्बन्धमा अहिलेसम्म आफूकहाँ गुनासो नआएको जेलर थापाले बताउनु भयो । गोप्य रूपमा उजुरी दिनका लागि गुनासो पेटिको पनि व्यवस्था गरिएको, हालसम्म कसैले पनि रकम असुल्ने गरिएको भनेर जानकारी वा गुनासो नगरेको र कैदी सुवासका परवारजनको अनुरोधमा सुवासलाई साउन ३० गते जिल्ला कारागार, दाङमा स्थानान्तरण गरिएको उहाँले बताउनु भयो ।

    ९५ जनाको क्षमता रहेको जिल्ला कारागार, कञ्चनपुरमा ४ सय ४७ जना कैदीबन्दी रहका छन् भने कैदीबन्दी व्यवस्थापनका लागि चौकीदार, नाइके र सहनाइके गरी तीन जना बन्दीलाई जिम्मेवारी दिइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.