• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आँखा पाक्ने समस्या बढेपछि बेसीशहरका विद्यालय बन्द


  •    संवाददाता/ बुधबार, साउन ३१, २०८०  

  • बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि लमजुङका विद्यालय बन्द गरिएको छ।

    बेसिशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो।

    आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो। ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि बेसीशहर नगरापालिका शिक्षा शाखाकाले एक सुचना जारी गर्दै विद्यालय बन्दको गर्न आह्वान गरेका हुन्।

    सोमबारसम्म धेरै विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि नगरपालिका ८ को अर्थली आवसिय उच्च मावि सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ।

    विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए। अधिकाशं विद्यालयमा ५० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको बेसिशहर नगरपालिकाले जनाएको छ।

    जिल्ला भरिनै समस्या बढेपनि बेसिशहर नगरपालिकाले अगाबै गर्नुपर्ने निर्णय ढिला गरेको अभिवाकको गुनासो छ। नगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको थियो।

    केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको विद्यालय प्रशासन जनाएको छ। विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ।

    एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमणले लमजुङका बालकदेखि बृद्धसम्ममा फैलिइरहेको छ। विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.