• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जमिन भासिएपछि गाउँ छोड्न बाध्य

"गाउँ नै पहिरोमा पर्ने गरी जमिन भासिएकोले रिगाउँबासी साउन २९ गते बिहानबाट गाउँ छाडेर नजिकैको छिमेकीको घरमा आश्रय लिन पुगेका हुन् । "

  •     अभियान हाम्रो/ मङ्गलबार, साउन ३०, २०८०  

  • गङ्गाजमुना गाउँपालिका-१, रिगाउँमा जमिन भासिएपछि ५० परिवार साउन २९ गतेदेखि विस्थापित भएका छन् । गाउँ नै पहिरोमा पर्ने गरी जमिन भासिएकोले रिगाउँबासी साउन २९ गते बिहानबाट गाउँ छाडेर नजिकैको छिमेकीको घरमा आश्रय लिन पुगेका हुन् ।

    एक मिटरदेखि पाँच मिटरसम्म जमिन फाटेर बस्ती माथीबाट जमिन भासिन थालेपछि तलका घरहरू खाली गरिएको छ । गाउँ माथिको भागबाट गाउँ नै पहिरोमा पर्ने गरी जमिन भासिएपछि ५० घर परिवार विस्थापित भएको कारण उक्त परिवारलाई छिमेकीको घरमा र नजिकैको विद्यालयको भवनमा राखिएको गङ्गाजमुना गाउँपालिका-१ का वडा अध्यक्ष बहादुरसिंह तामाङले बताउनु भयो ।

    Photo_080-4-29_Dhading.

    २०७२ सालको भुकम्पपछि भुगर्भ विदले समेत बस्न अयोग्य भनेको थियो । तीन दिनदेखि लगातारको वर्षाले गाउँ नै पहिरो जाने गरी धाँजा भासिएकोले रिगाउँ असुरक्षित भएको स्थानीय प्रकाश तामाङले बताउनु भयो । ‘विस्थापित भएकासँग घरबाट निकालिएको खाना त छ, बस्नका लागि त्रिपाल कपडा लगायतका सामाग्री छैन’, तामाङले भन्नुभयो । केही मानिस गाउँमा आश्रय लिएर बसिरहेका छन् भने केही सुरक्षित मानिएको बारीमा बसेका छन् ।

    रेडक्रस सोसाइटी र स्थानीय सरकारले त्रिपाल उपलब्ध गराउने भने पनि उपलब्ध नहुँदा समस्यामा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक र बालबालिकालाई सुरक्षित स्थान तर्फ सारिएको र सकेको अन्नपात, लत्ताकपडा र आवश्यक सामानहरू घरबाट निकालेर सुरक्षित स्थानतर्फ लगिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । अहिले त्यहाँका स्थानीयले घरायसी सरसामान र वस्तु भाउलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् । जोखिममा परेका ६२ घरमध्ये ५० परिवार सुरक्षित तरिकाले राखिने व्यवस्था मिलाइएको स्थानीय खसार्की तामाङले जानकारी दिनुभयो ।

    चार सय विद्यार्थी अध्यायन गर्ने रिगाउँ मावि पानी पर्न नरोकिएसम्मका लागि विद्यालय समेत बन्द गरिएको छ । कुनै पनि बेला पहिरो झर्न सक्ने जाखिम उच्च भएपछि रिगाउँ माविको पठनपाठन बन्द गरिएको वडा अध्यक्ष तामाङले बताउनु भयो । स्कुलको दुई ओटा भवन मध्ये २० कोठे नयाँ भवन पनि जोखिमा रहेको छ । दुई वर्ष अघि निर्माण गरिएको खानेपानीको ट्याङ्की पनि बगाउने जोखिम छ ।

    गाउँमाथि ६० मिटरभन्दा बढी फराकिलो भएर भासिएपछि गाउँमा बस्न नसकिने अवस्थामा पुगेको छ । मानिसहरू सुरक्षित राखेर आवश्यक पर्ने त्रिपाल र ओछ्याउने म्याट वितरण गरिने गाउँपालिका अध्यक्ष भक्त लामाले जानकारी दिनुभयो । तर अझै पनि राहत पुगेको छैन । समुदायका मानिस गाउँलेको साँघुरो पिँढीमा बसेर रात कटाएका छन् । गाउँबासी नै बस्नु पर्ने गरी विस्थापित भएपछि स्वास्थ्य समस्या आउन सक्ने भएकोले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुचना गरी आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.