हङ्कङबाट मोटरसाइकलको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन गालेपछि ७३ ग्राम तौल घटेर६० किलो ७१६ ग्राम भएको छ ।
मंगलबार बिहान नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालेको थियो गालेपछि सुनको तौल केही घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम सुरु हुने भएको छ ।
छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकालिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो । सुनसहित १५५ किलो ब्रेक शु बरामद गरी सार्वजनिक गरिएको थियो ।








