• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्थानीय तहमा रहेको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै


  •     अभियान हाम्रो/ मङ्गलबार, साउन ३०, २०८०  

  • स्थानीय तहमा रहेको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिलाई दिइएको अधिकार क्षेत्र भित्रका विवादलाई समाधान गरि सहज रूपमा न्यायमा पहुँच स्थापित गर्न न्यायिक समितिले प्रभावकारी रुपमा भूमिका निर्वाह गरेको कावासोती नगरपालिका उप प्रमुख एवं न्यायिक समिति संयोजक फुलकुमारी थनेतले बताउनुभयो ।

    आर्थिक वर्ष २०७९/०८० मा कावासोती नगरपालिकाको न्यायिक समितिमा १ सय ८१ ओटा उजुरी दर्ता भएका थिए । दर्ता भएका मध्ये ९१ ओटाको मेलमिलापको माध्यमबाट समाधान गरिएको र ६९ ओटा प्रक्रियामा रहेको न्यायिक समिति संयोजक थनेतले बताउनुभयो । दर्ता भएका मध्ये मेलमिलापको माध्यमबाट समाधान नभएका ५ ओटा विवाद अदालती प्रक्रियामा गएको छ । १६ ओटा विवादको मेलमिलापको समय तोकिएपछि सम्पर्कमा नआएपछि तामेलीमा रहेको न्यायिक समिति संयोजक थनेतले बताउनुभयो ।

    गत आर्थिक वर्षमा सबैभन्दा धेरै लेनदेन सम्बन्धी ४९ ओटा विवाद दर्ता भएका थिए । यसैगरी जग्गा सम्बन्धी ४८ , पारिवारिक ३३, साँध सिमानासम्बन्धी १९, बाटो सम्बन्धी १३ लगायतका विवाद न्यायिक समितिमा दर्ता भएका थिए । दर्ता भएका उजुरीलाई न्यायिक समिति मार्फत मेलमिलापको माध्यमबाट समाधान गर्दा सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्ने र सहज रुपमा विवादको समाधान हुने न्यायिक समिति संयोजक थनेतले बताउनुभयो ।

    न्यायिक समिति मार्फत विवाद समाधान हुँदा न्यायमा पहुँच नहुने कतिपयले सरल रुपमा न्याय प्राप्त गर्ने कावासोती नगरपालिका न्यायिक समिति सदस्य युवराज गैरेले बताउनुभयो । ‘अदालती प्रक्रियामा गए  झन्झटिलो , खर्चिलो पनि हुन्छ, यहाँ सहज रुपमा विवादको समाधानका लागि पहल गरिन्छ’ गैरेले भन्नुभयो ‘अदालतको पहुँचमा पुग्न नसकेका धेरैका लागि सरल रुपमा न्याय पाउने ठाउँ न्यायिक समिति बनेको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.