• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्रकारहरू आन्दोलनलाई निरन्तरता दिदै विरोध जुलुश प्रदर्शन

"प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि भएको आक्रमणका विरुद्ध न्याय खोज्दै पत्रकारहरूले निरन्तर जुलुश प्रदर्शन गरिरहेका छन् । "

  •     अभियान हाम्रो/ मङ्गलबार, साउन ३०, २०८०  

  • सप्तरीका पत्रकारहरूले छैठो दिन पनि आन्दोलनलाई निरन्तरता दिदै साउन २९ गते राजविराजमा विरोध जुलुश प्रदर्शन गरेका छन् । प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि भएको आक्रमणका विरुद्ध न्याय खोज्दै पत्रकारहरूले निरन्तर जुलुश प्रदर्शन गरिरहेका छन् ।

    इन्सेक सप्तरी प्रतिनिधि र नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर कुमार पोखरेलमाथि आक्रमण गर्ने दोषी प्रहरीमाथि कानूनी कारबाही र जिल्ला प्रशासन कार्यालयले फोटो, भिडिओ खिच्न निषेध गरेको सूचनालाई क्षमायाचनासहित फिर्ता गर्नुपर्ने माँग गर्दै सप्तरीका पत्रकारहरू आन्दोलित छन् ।

    6th day (6)

    नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाइमा महासंघ कार्यालयबाट व्यानरसहित निक्लिएको जुलुशले जिल्ला प्रशासन कार्यालय, अदालत रोड, गजेन्द्र चोक हुँँदै नगर परिक्रमा गरेको छ । महासंघ सप्तरीका उपाध्यक्ष बैद्यनाथ यादवको नेतृत्वमा सहभागी पत्रकारहरूको दोषी प्रहरीलाई कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, क्षमायाचनासहित सूचना फिर्ता गर, असक्षम एसपी, सिडिओलाई कारबाही गर जस्ता नारा लगाए ।

    पत्रकारहरूको आन्दोलनमा अन्य संघसंस्थाहरूको ऐक्यबद्धता थपिदै गएको छ । महासंघले सुरु गरेको आन्दोलनमा मैथिली साहित्य परिषद्, मिलाफ नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, मेची महाकाली बुहारी संयुक्त आवाज, महिला मानव अधिकार तथा सामुदायिक विकास केन्द्र सप्तरीले ऐक्यबद्धता जनाएको छ ।

    6th day (5) श्रृङ्खलाबद्ध रुपमा पत्रकारहरूलाई आक्रमण, धम्की, जिल्ला प्रशासन कार्यालयमा प्रवेश निषेध र जिल्ला प्रशासन कार्यालयमा अनुमति बिना फोटो, भिडिओ लिए कारबाही गर्ने चेतावनीसहितको जारी सूचनाले पत्रकारहरू असुरक्षित महसुस गर्दै त्यस विरुद्ध आन्दोलनरत छन् ।

    समाचार सङ्कलन पश्चात जिल्ला प्रहरी कार्यालयबाट फर्किन लागेका पोखरेलमाथि साउन १५ गते असई राजेश्वर महतोले कार्यालय परिसरमै मुक्का, बुटले कुटपिट र दुर्व्यवहार गरेका थिए । यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीले साउन २४ गते सूचना सार्वजनिक गर्दै बिना अनुमति प्रशासन कार्यालय परिसरको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राखेमा कारबाही गर्ने सूचना जारी गरेको थियो । उक्त सूचना प्रशासन कार्यालयले विज्ञप्तिमार्फत फिर्ता लिएपनि क्षमायाचनासहित फिर्ता नलिएकोले महासंघको आन्दोलनले निरन्तरता पाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.