• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भिमदत्त राजमार्ग एक सातासम्म सुचारू हुन नसक्दा स्थानीयहरूले समस्या


  •     अभियान हाम्रो/ मङ्गलबार, साउन ३०, २०८०  

  • सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग एक सातासम्म सुचारू हुन नसक्दा स्थानीयहरूले समस्या झेल्नु परेको छ । कैलाली जिल्ला गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा साउन २३ गते खसेको पहिरोले राजमार्ग भाँसिदा अवरूद्ध भएको खडक एक हप्ता बितिसक्दा समेत सुचारू हुन नसकेपछि जिल्लास्थित कृषकहरूले उत्पादन गरेको तरकारी कुहिन थालेको छ ।

    पहिरोका कारण यातायातका साधन सुचारू नहुँदा धनगढीलगायतका बजार क्षेत्रमा पठाउन लागिएको काउली, बन्दा, गोलभेडा, भेडे खुर्सानी र मूला फिर्ता आएको र संकलन केन्द्रमा पनि कुहिन थालेपछि करिब १५ लाख रूपियाँ बराबरको तरकारीमा क्षति पुगेको स्थानीय कृषक खडकबहादुर ऐरले दुखेसो पोख्नु भयो । पहिरोले राजमार्ग भाँसियपछि यातायातका साधनहरू सञ्चालन हुन नसक्दा कृषकहरूको बारीमा गएर खरिद गरी ल्याइएको तरकारी तराईका जिल्लामा पुगाउन नसकिदा कुहिएर गएको तरकारी व्यावसायी सुरेश सार्कीले गुनासो गर्नु भयो ।

    तीन तहका सरकार भएको भनिएता पनि एक हप्ता बितिसक्दा समेत अवरूद्ध सडक सुचारू गर्न नसकेका कारण किसानले बजारमा ल्याएको तरकारी निर्यात हुन नसक्दा कुहिन गएको र कृषकहरूले थप आर्थिक समस्या झेल्नु परेको अमरगढी नगरपाकिला–७ पोखरीबजारका तरकारी व्यावसायी भक्त साहुले गुनासो गर्नु भयो । दैनिक २० देखि ४० कुण्टेल तरकारी तराईका जिल्लामा निर्यात गरिदै आइएकोमा यातायातका साधानहरू सञ्चालन हुन नसकेपछि निगुरो, काउली, बन्दा, खुर्सानीलगायतका २० कुण्टेल तरकारी कुहिएकोले कृषकहरूको परिश्रम खेर गरेको उहाँले बताउनु भयो ।

    Photo20230815dadeldhura (1)

    स्थानीय कृषकहरूले उत्पादन गरका तरकारी बोकेर तराई झर्न लागेका ट्रकहरू एक हप्तासम्म बुढीतोला क्षेत्रमा रोकिएका कारण तरकारी कुहिएपछि खानीडाँडा र बुढीतोला क्षेत्रमा फाल्न बाध्य भएको ट्रक चालक दिपक भट्टले बताउनु भयो । डडेल्धुरामा एक दर्जन बढी तरकारीका होलसेल व्यापारी छन्। उनीहरूले दैनिक रूपमा करिब दुई सय कुण्टेल तरकारी तराईका जिल्ला निर्यात गर्दै आइरहेका थिए ।

    उद्योग वाणिज्य संघ, डडेल्धुराका अध्यक्ष द्धिजराज भट्टले अन्य दैनिक उपभोग्य बस्तु तीन महिनालाई पुग्ने गरी व्यापारीको गोदाममा मौज्दात भए पनि एक सातादेखि तरकारीको व्यापार ठप्प भएकोले किसानहरू ठूलो मार्कामा पर्नु भएको बताउनु भयो । एक हप्ता बितिसक्दा समते अवरूद्ध सडक सुचारू नहुँदा जिल्लामा डिजेल र पेट्रोलको अभाव सृजना हुन गएको र स्थानीय यातायातका साधानहरू समेत बन्द हुँदा स्थानीय नागरिकहरूले थप समस्या झेल्नु परेको उग्रतारा सार्वजनिक यातायात प्रालीका अध्यक्ष मानबहादुर साउलले बताउनु भयो ।

    प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले सडक डिभिजन कार्यालयले अवरूद्ध भएको बाटो सुचारू गर्नका लागि काम गरिरहेको र आफूहरूले आवश्यक समन्वय र सहयोग गरिरहेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.