• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी


  •    संवाददाता/ मङ्गलबार, साउन ३०, २०८०  

  • कुनै समय थियो– गाउँमा सबैका गोठमा दुहुना गाईभैँसी पालिएका हुन्थे। दूध काठका भाँडामा जमाइन्थ्यो। काठकै भाँडामा मोही पारिन्थ्यो। तर, पछिल्लो समय काठका भाँडाकुँडा विशेषगरी ठेकी प्रयोग लोेप हुँदै गएको छ। प्लास्टिकका भाँडाको प्रयोेग बढ्दै गएपछि काठद्वारा निर्मित ठेकीमदानी लोप हुने अवस्थामा पुगेका छन्। अर्थात् प्लास्टिकका भाँडासँग परम्परागत ठेकी हानुपर्ने अवस्था आएको छ।

    यसरी काठका ठेकी लोप हुँदै जानुमा काठको अभाव र खर्च बढी भएको जानकारहरू बताउँछन्। साथै सरकारले यस्ता घरेलु सामानलाई प्रोत्साहन गर्न नसक्दा पनि लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

    समय फेरिँदै गएको छ। समय फेरिएको पनि के भन्नु ? मान्छेका आवश्यकताहरू बढ्दै गए। सुख खोज्न कोही परदेसिए त कोही सहरतिर झरे। गाउँमै बस्नेहरू पनि काम गर्न छोडे। पहिलेपहिले गोठभरि गाईबस्तु पाल्ने किसानका गोठ आजभोलि रित्तै छन्। त्यसैमध्येका एक हुनुहुन्छ, दैलेखको ठाटीकाँध गाउँपालिका २ का कलम थापा। आफ्ना पुराना दिन सम्झिँदै उहाँ भन्नुहुन्छ, ‘जुग जमाना भनेका त पहिलेकै राम्रा। अहिलेका त के का जुग जमाना ? सबैमा विष मात्र हुन्छ।’

    पहिले थापाले दुई तीन वटा भैँसी पाल्नुहुन्थ्यो। त्यहीअनुसार दही दूध हुन्थ्यो। ठेकी–मदानी त्यहीअनुसार प्रयोग हुन्थे। तर, अहिले बजारमा आउने प्लास्टिकका भाँडाको प्रयोगले काठमा भाँडा लोप हुनथाले उहाँ चिन्तित हुनुहुन्छ। ‘प्लास्टिकमा जमाएको दही र काठको भाँडामा जमाएको दहीको स्वादै अन्तर हुन्छ,’ थापा भन्नुहुन्छ, ‘किसानले गाईभैँसी पाल्न छोडेपछि गाउँबस्तीमा ठेकी कमै मात्र प्रयोगमा आउँछ।’

    थापाका अनुसार त्यतिबेला अहिलेको जस्तो छ्याप्छ्याप्ती प्लास्टिक, सिल्भर र स्टिलका भाँडा भेटिन्नथे। जसले गर्दा काठबाट बनेकै वस्तुहरू चलनचल्तीमा आउँथे। अहिले प्लास्टिकका भाँडाले काठका भाँडाको अस्तित्व संकटमा पारिदियो।

    त्यस्तै दैलेखको आठबिस नगरपालिका २ का कपुरे शाही पनि पहिलेका दिन सम्झिँदै अहिले दिक्क मान्ने गरेको बताउनुहुन्छ। ‘पहिले काठका भाँडामा दूध, दही, मोही राखिन्थ्यो, अहिले बजारमा प्लास्टिकका भाँडा सस्तोमा पाउन थालेपछि काठका भाडा ओझेलमा परे,’ उहाँको भनाइ छ।

    शाहीले भनेझैँ प्लास्टिकका भाँडा सस्तोमा पाइन थालेपछि काठका ठेकीलगायतका सामानको प्रयोगमा कमी आएको हो। गाईभैँसी दुहुँदा प्रयोग हुने गाबुको सट्टा बाल्टिन, दही जमाउन प्रयोग हुने ठेकीको सट्टा प्लास्टिकका भाँडा बजारमा सस्तोमा पाइन्छ। यसले गर्दा परम्परागत गिठो, खिरोलगायत नरम काठबाट स्थानीयस्तरमै उत्पादन हुने काठका ठेकी लोप हुन थालेका छन्। पहिले परम्परागत रुपमै गिठोलगायत विभिन्न बिरुवा रोपेर हुर्काउने गरे पनि पछिल्लो समय नयाँ पुस्ताले त्यसतर्फ चासो दिएको भने पाइँदैन।

    ‘हाम्रो पालामा गाउँकै सामुदायिक वन र व्यक्तिको बारीको कान्लामा हुने ठूलो रुखकटहर र दारका काठबाट ठेकी बन्थे। तर अहिले गाउँमा काठको अभाव एकातिर छ भने यो पेसामा लाग्ने व्यक्तिहरूसमेत पलायन हुन थालेका छन,’ शाहीको भनाइ छ।

    यस्तै जाजरकोटको नलगाड नगरपालिका–४ का मालबहादुर खत्रीका अनुसार विगतमा दूध बिक्री हुँदैनथ्यो। दूध जमाउन ठेकी प्रयोग हुन्थ्यो। अहिले बजारमा दूधकै माग बढेपछि दूध जमाउने र घिउ बनाउने कार्य प्रायः किसानले छाडिसकेका छन्। ‘भैँसीबाट राम्रो आम्दानी हुने देखेपछि पाँच वटा भैँसी पालेको छु। दूध बजारमा बिक्री हुन्छ,’ उहाँले भन्नुभयो, ‘दूध जमाउनै पर्दैन। घरमा एक थोपा रहँदैन, बिक्री भइहाल्छ। अनि के गर्न ठेकी राख्ने ?’

    नलगाडकै लालबहादुर वलीका अनुसार विगतमा सबै घरमा भैँसी हुन्थे। दूध बिक्रीवितरण हुँदैनथ्यो। जसले गर्दा काठका भाँडा पनि प्रयोगमा आउँथे। तर दूधले बजारको बाटो समातेपछि ठेकी विस्थापित भएका हुन्।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.